वैशाखमा हुने चुनावका लागि कैलालीमा पाँच मतदानस्थल थपिने « Khabarhub

वैशाखमा हुने चुनावका लागि कैलालीमा पाँच मतदानस्थल थपिने


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– आगामी वैशाखमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली जिल्लामा साविकको निर्वाचनभन्दा पाँच वटा मतदानस्थल थपिने भएको छ ।

विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जिल्लाभरी २३१ मतदानस्थल रहेकामा नयाँ थपिसमेत गरेर जम्मा २३६ मतदानस्थल पुग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र ४ मा पर्ने गोदावरी नगरपालिकाको हाटखोली, र बल्मी तथा चुरे गाउँपालिकाको बालुवागडामा नयाँ मतदानस्थल थप्न लागिएको हो ।

यसैगरी निर्वाचन क्षेत्र–२ मा पर्ने मोहन्याल गाउँपालिकाको साब गाउँमा र निर्वाचन क्षेत्र–५ को धनगढी उपमहानगरपालिका–१४ को एच गाउँमा नयाँ मतदानस्थल थप्न सिफारिस गर्न लागिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले बताए ।

निर्वाचन क्षेत्र–४ को बालुवागडा र हाटखोली गाउँका मतदाताले मतदान गर्न विगतको निर्वाचनमा दिनभरीको बाटो हिँड्नुपर्ने बाध्यता रहेको थियो । नयाँ मतदानस्थल थप्न सिफारिस गर्न लागिएको भए पनि अन्तिम निर्णय भने निर्वाचन आयोगले गर्ने कार्यालय प्रमुख भट्टले बताए ।

जिल्लामा प्रतिनिधिसभा सदस्यका पाँच निर्वाचन क्षेत्र रहेका छन् ।

प्रतिनिधिसभा विघटन भई विसं २०७८ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा भएसँगै जिल्लामा निर्वाचनको तयारीस्वरुप मतदाता नामावली अध्यावधिकलगायतको काम भइरहेको छ । जिल्लामा पछिल्लो तीन वर्षमा आठ दशमलव पाँच प्रतिशतले मतदाता थपिएका छन् ।

थपिएका मतदातासमेत गएको पुस ५ गतेसम्म कूल पाँच लाख ४६ मतदाता पुगेको निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विसं २०७४ मा भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा चार लाख ६० हजार ५७८ मतदाता रहेका थिए । जिल्लामा पुरुषको भन्दा महिला मतदाता बढी छन् । दुई लाख ५६ हजार २०४ महिला मतदाता र दुई लाख ४३ हजार ८३२ पुरुष मतदाता पुगेका छन् । तेस्रो लिङ्गी मतदाता दश जना छन् ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  १० : २० बजे

निर्वाचन ४२ दिन बाँकीः पार्टीका उम्मेदवारमा दलितको प्रतिनिधित्व कति ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ