वैशाखमा हुने चुनावका लागि कैलालीमा पाँच मतदानस्थल थपिने « Khabarhub

वैशाखमा हुने चुनावका लागि कैलालीमा पाँच मतदानस्थल थपिने


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– आगामी वैशाखमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली जिल्लामा साविकको निर्वाचनभन्दा पाँच वटा मतदानस्थल थपिने भएको छ ।

विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जिल्लाभरी २३१ मतदानस्थल रहेकामा नयाँ थपिसमेत गरेर जम्मा २३६ मतदानस्थल पुग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र ४ मा पर्ने गोदावरी नगरपालिकाको हाटखोली, र बल्मी तथा चुरे गाउँपालिकाको बालुवागडामा नयाँ मतदानस्थल थप्न लागिएको हो ।

यसैगरी निर्वाचन क्षेत्र–२ मा पर्ने मोहन्याल गाउँपालिकाको साब गाउँमा र निर्वाचन क्षेत्र–५ को धनगढी उपमहानगरपालिका–१४ को एच गाउँमा नयाँ मतदानस्थल थप्न सिफारिस गर्न लागिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले बताए ।

निर्वाचन क्षेत्र–४ को बालुवागडा र हाटखोली गाउँका मतदाताले मतदान गर्न विगतको निर्वाचनमा दिनभरीको बाटो हिँड्नुपर्ने बाध्यता रहेको थियो । नयाँ मतदानस्थल थप्न सिफारिस गर्न लागिएको भए पनि अन्तिम निर्णय भने निर्वाचन आयोगले गर्ने कार्यालय प्रमुख भट्टले बताए ।

जिल्लामा प्रतिनिधिसभा सदस्यका पाँच निर्वाचन क्षेत्र रहेका छन् ।

प्रतिनिधिसभा विघटन भई विसं २०७८ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा भएसँगै जिल्लामा निर्वाचनको तयारीस्वरुप मतदाता नामावली अध्यावधिकलगायतको काम भइरहेको छ । जिल्लामा पछिल्लो तीन वर्षमा आठ दशमलव पाँच प्रतिशतले मतदाता थपिएका छन् ।

थपिएका मतदातासमेत गएको पुस ५ गतेसम्म कूल पाँच लाख ४६ मतदाता पुगेको निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विसं २०७४ मा भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा चार लाख ६० हजार ५७८ मतदाता रहेका थिए । जिल्लामा पुरुषको भन्दा महिला मतदाता बढी छन् । दुई लाख ५६ हजार २०४ महिला मतदाता र दुई लाख ४३ हजार ८३२ पुरुष मतदाता पुगेका छन् । तेस्रो लिङ्गी मतदाता दश जना छन् ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  १० : २० बजे

राष्ट्रियसभामा परराष्ट्रमन्त्रीले भने- सीमा विवादको कूटनीतिक समाधान गर्छौँ

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी

धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवनेश्वर महादेव मन्दिर

बागमती– काठमाडौँस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–४

निश्कलको प्रश्न- करका दरमा हेरफेर गर्ने गल्ती किन, कसको स्वार्थमा भएको हो ?

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी

इरानद्वारा जोर्डनमा २० वटा मिसाइल प्रहार

काठमाडौं- इरानले जोर्डनतर्फ २० मिसाइल प्रहार गरेको छ । जोर्डनको