अभिनेता रणवीर कपुरलाई कोरोना संक्रमण « Khabarhub

अभिनेता रणवीर कपुरलाई कोरोना संक्रमण


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेता रणवीर कपुर अस्वस्थ भएका छन् । उनका अभिनेता काका रणधीर कपूरले रणवीरलाई कोरोना संक्रमण भएको र हाल क्वारेन्टाइनमा रहेको जानकारी दिएका छन् ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार अंग्रेजी वेबसाइट पिंकविलासँग कुराकानीमा रणधीरले यो कुराको पुष्टि गरेका हुन् ।
उनलाई वेबसाइटले ‘के रणवीर कपूर कोरोना भाइरसबाट संक्रमित भएका हुन् ?’ भनेर सोध्दा रणधीरले ‘हो’ भनी जवाफ दिएका छन् ।

‘मैले बुझेसम्म रणवीर अहिले ठिक छैनन् । तर मलाई थाहा छैन कि उसलाई कसरी भयो । म सहरमा छैन’, उनले भनेका छन् ।

रणवीरका फ्यानहरु उनलाई चाँडो स्वस्थ हुन कामना गरिरहेका छन् । गत डिसेम्बरमा उनकी आमा नीतू कपूर पनि कोरोना संक्रमित भएकी थिइन् । फिल्म ‘जुग जुग जियो’को सुटिङका समयमा उनी कोरोनाको चपेटामा परेकी थिइन् ।

कामको कुरा गर्दा रणवीर हालका दिनमा फिल्म ‘ब्रह्मास्त्र’को छायांकनको अन्तिम चरणमा छन् । यो सुपरहिरो ट्रिलोजी फिल्मको निर्देशन अयान मुखर्जीले गरिरहेका छन् ।

यो फिल्ममा आलिया भट्ट, अमिताभ बच्चन, नागार्जुन अक्कीनेनी र मौनी रायको पनि अभिनय छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ११ : १८ बजे

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को

मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ

महेन्द्रनगर– मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले आज

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर