७० वर्षयता कसैको मृत्यु नभएको शहर « Khabarhub

७० वर्षयता कसैको मृत्यु नभएको शहर


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा अनेकौं विचित्र घटनाहरु हुने गर्दछन् । कतिपय घटना त सुन्दा वा देख्दा समेत पत्यार लाग्दैन । भनिन्छ, मानिसको जन्म वा मृत्यु कसैको वसमा हुदैन । तर विश्वको एउटा यस्तो विचित्रको शहर छ जहाँ मर्न समेत प्रतिबन्ध लगाइएको छ ।

विश्वमा मृत्युमाथि विजय पाउन सफल एउटा यस्तो शहर छ जहाँ ७० वर्ष यता कसैको पनि मृत्यु भएको छैन । नर्वेको एउटा सानो शहरका रुपमा रहेको लन्गइयरबेनमा प्रशासनले प्राकृतिक नियमको विरुद्ध मृत्यु माथि प्रतिबन्ध लगाएको छ ।

नर्वे र उत्तरी ध्रुवको बीचमा रहेको यस आइल्याण्डमा अत्यधिक चिसो हुने गर्दछ । यस आइल्याण्डमा चिसो मौसममा तापमान यतिधेरै कम हुन्छ कि जहाँ जिउँदो बच्न असम्भव छ । यस शहरको जनसंख्या २ हजार हाराहारीमा छ । तर शहरमा लगाइएको मर्न माथिको प्रतिबन्धका कारणले यहाँ विगत ७० वर्षदेखि कसैको मृत्यु भएको छैन ।

मृत्यु माथिको यो प्रतिबन्ध यस कारण लगाइएको हो कि, यहाँ चिसो अत्यधिक हुने गर्दछ । खासमा चिसोका कारण कसैको यहाँ मृत्यु भएमा उसको शवको व्यवस्थापनमा लामो समय लाग्दछ ।

अत्यधिक चिसोका कारणले शव नष्ट गर्न त्यहा मुस्किल हुन्छ । तसर्थ यदि त्यस क्षेत्रमा कोही मानिस मर्ने अवस्थामा रहे वा स्वास्थ्य जोखिम देखिए उसलाई तत्काल हेलिकोप्टर मार्फत देशको अर्काे क्षेत्रमा ल्याउने गरिन्छ । सो शहर बाहिर नै उसको अन्तिम संस्कार गरिन्छ । यस्तोमा लन्गइयरबेनमा विगत ७० वर्षदेखि कसैको मृत्यु भएको छैन । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ३ : १८ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार