बंगलादेशमा पहिलो तेस्रो लिङ्गी बनिन् टेलिभिजन समाचार वाचक « Khabarhub

बंगलादेशमा पहिलो तेस्रो लिङ्गी बनिन् टेलिभिजन समाचार वाचक


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशमा एक तेस्रो लिङ्गीले पहिलोपटक समाचार वाचकको रुपमा टेलिभिजनमा प्रवेश पाएकी छन् ।

तश्नुभा अनान शिशिरले बंगलादेशको बोइशाखी टेलिभिजनमा समाचार वाचकको रुपमा प्रवेश पाएकी हुन् ।

टेलिभिजनमा समाचार वाचकको रुपमा प्रवेश पाएकी उनले पहिलो समाचार प्रशारणपछि हर्षले आँशुसमेत झारिन् ।

उनले सोमबार पहिलोपटक समाचार वाचन गरेकी हुन् ।

‘म भित्र निक्कै हड्बडाएकी थिएँ, तर, जब बुलेटिन सकियो मैले आफूमा आत्मविश्वास बलियो भएको महसुस गरेँ । ’ उनले भनिन् ।

‘साढे दुई महिना जतिको अवधिमा जब मलाई टेलिभिजनबाट अडिसनका लागि बोलाइयो ।’ उनले भनिन्, ‘त्यसबेला उहाँहरुले ममा कुनै समस्या भेट्नु भएन । मेरो शब्द उच्चारणलगायत सबै कुरा राम्रो भएपछि टेलिभिजनले मलाई कामका लागि प्रस्ताव गरेको हो ।’

बंगलादेशमा करिब १५ लाख तेस्रो लिङ्ग (ट्रान्सजेन्डर) व्यक्ति रहेको अनुमान गरिएको छ ।

बंगलादेश सरकारले सन् २०१३ मा तेस्रो लिङ्गीलाई कानुनी रुपमा मान्यता दिएको थियो । यस्तै, सन् २०१८ मा तेस्रो लिङ्गीलाई मतदान गर्ने अधिकार प्रदान गरिएको थियो । एएफपी

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ३ : २९ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका