बंगलादेशमा पहिलो तेस्रो लिङ्गी बनिन् टेलिभिजन समाचार वाचक | Khabarhub Khabarhub

बंगलादेशमा पहिलो तेस्रो लिङ्गी बनिन् टेलिभिजन समाचार वाचक


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशमा एक तेस्रो लिङ्गीले पहिलोपटक समाचार वाचकको रुपमा टेलिभिजनमा प्रवेश पाएकी छन् ।

तश्नुभा अनान शिशिरले बंगलादेशको बोइशाखी टेलिभिजनमा समाचार वाचकको रुपमा प्रवेश पाएकी हुन् ।

टेलिभिजनमा समाचार वाचकको रुपमा प्रवेश पाएकी उनले पहिलो समाचार प्रशारणपछि हर्षले आँशुसमेत झारिन् ।

उनले सोमबार पहिलोपटक समाचार वाचन गरेकी हुन् ।

‘म भित्र निक्कै हड्बडाएकी थिएँ, तर, जब बुलेटिन सकियो मैले आफूमा आत्मविश्वास बलियो भएको महसुस गरेँ । ’ उनले भनिन् ।

‘साढे दुई महिना जतिको अवधिमा जब मलाई टेलिभिजनबाट अडिसनका लागि बोलाइयो ।’ उनले भनिन्, ‘त्यसबेला उहाँहरुले ममा कुनै समस्या भेट्नु भएन । मेरो शब्द उच्चारणलगायत सबै कुरा राम्रो भएपछि टेलिभिजनले मलाई कामका लागि प्रस्ताव गरेको हो ।’

बंगलादेशमा करिब १५ लाख तेस्रो लिङ्ग (ट्रान्सजेन्डर) व्यक्ति रहेको अनुमान गरिएको छ ।

बंगलादेश सरकारले सन् २०१३ मा तेस्रो लिङ्गीलाई कानुनी रुपमा मान्यता दिएको थियो । यस्तै, सन् २०१८ मा तेस्रो लिङ्गीलाई मतदान गर्ने अधिकार प्रदान गरिएको थियो । एएफपी

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ३ : २९ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड