काठमाडौँ भ्यू टावर निर्माणका ठेकेदार भेटवाल पक्राउ « Khabarhub

काठमाडौँ भ्यू टावर निर्माणका ठेकेदार भेटवाल पक्राउ


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको पुरानो बसपार्कमा भ्यू टावर निर्माणको ठेक्का पाएका ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भेटवाललाई मंगलबार पक्राउ गरेको हो ।

समयभित्र भ्यू टावर बनाउने काम सम्पन्न नगरी घोटाला गरेको भन्दै उनीविरुद्ध ११ थान उजुरी परेको थियो ।

सोही प्रकरणमा अख्तियारले भेटवाललाई पक्राउ गरि उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ताको तयारी भइरहेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

भेटवालविरुद्ध यसअघि राजश्व छलीको मुद्दासमेत दर्ता भएको थियो । तत्कालीन एपेन्स बैंकमा भएको कर्जा घोटाला प्रकरणमा समेत भेटवाल जोडिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले यो घटनाको अनुसन्धान गरेर मुद्दा दर्ता गरिसकेको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ५ : ५० बजे

रसुवा बाढीमा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते बुधबारआएको बाढीमा परी

रसुवा बाढीका घाइतेलाई सञ्चारमन्त्री तिमिल्सिनाले भेटे (तस्बिरहरू)

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा बाढीमा परी

दार्चुलामा पहिरोले चौलानी नदी थुनियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह (भिडियोसहित)

दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिका–९ भट्टारमा ठूलो पहिरो खसेपछि चौलानी

भोटेकोशी बाढीको नवौँ दिन यसरी चलिरहेको छ खोज, उद्धार र राहत अभियान

काठमाडौं- रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि खोज, राहत तथा उद्धारको