शिक्षा मन्त्री श्रेष्ठले गरे जनक शिक्षा सामग्री केन्द्रको निरीक्षण « Khabarhub

शिक्षा मन्त्री श्रेष्ठले गरे जनक शिक्षा सामग्री केन्द्रको निरीक्षण


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले जनक शिक्षा सामग्री केन्द्रको निरीक्षण गरेका छन् ।

मंगलबार भक्तपुरस्थित केन्द्र पुगेर पुस्तक छपाई लगायत अन्य संरचनाको निरीक्षण गरेका हुन् । सो क्रममा उनले समयमा नै पुस्तक छापेर विद्यार्थीको हातहातमा पुर्‍याउन निर्देशन दिए ।

मन्त्री श्रेष्ठले पुस्तक छपाइमा कुनै समस्या भए त्यसको समाधान सरकारले गर्ने बताए ।

मन्त्री श्रेष्ठले जनक शिक्षा सामाग्री केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आउने भन्दै अब त्यस्तो गुनासो नआउनेमा विश्वास व्यक्त गरे ।

त्यसैगरी उनले जनक शिक्षा सामाग्री केन्द्र निर्वाचनको लागि मतपत्र छाप्न पनि तयारी अवस्थामा रहनुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ६ : ३६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र