आमासहित कर्णाली नदीमा हामफालेकामध्ये ४ को शव फेला « Khabarhub

आमासहित कर्णाली नदीमा हामफालेकामध्ये ४ को शव फेला


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली नदीमा हाम्फालेर आत्महत्या गर्ने महिलासहित तीन सन्तानको शव फेला परेको छ ।

दैलेख आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुखी बडुवालले आफ्ना ३ छोरी र १ छोरासहित कर्णाली नदीमा हाम्फालेकी थिइन् ।

उनीहरु आइतबार राति घरबाटै बेपत्ता भएका थिए । बेपत्तामध्ये दुई छोरी वर्ष १५ की कल्पना र वर्ष १२ की सरिता बडुवालको हात बाँधेको अवस्थामा सोमबार साँझ कर्णाली नदीमा शव भेटिएको थियो । आमा सुखी र वर्ष ८ का ललितको शव आज (मङ्गलबार) दिउँसो कर्णाली नदीमै भेटिएको हो ।

५ वर्षीया रजनी भने अहिलेसम्म फेला परेकी छैनन् । उनको खोजी भइरहेको जिल्ला प्रशासन दैलेखले जनाएको छ ।

घटनास्थलमा दैलेखका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसहित कर्णाली प्रदेश प्रहरी प्रमुखको उपस्थितमा गोताखोर टोलीले खोजी गरिरहेको छ ।

सनाखत भएका ४ जनाको शव पोस्टमार्टमका लागि अछामको मङ्गलसेन लगिएको दैलेख प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए ।

सुखीका श्रीमान् मानसिंह बडुवालले श्रीमतीसहित परिवारलाई मदिरा सेवन गरेर लगातार तनाव दिएपछि परिवारले नै संयुक्त आत्महत्या गरेको बताइएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ७ : ०५ बजे

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकलले ठक्कर

भोलिदेखि ‘दोस्रो प्रादेशिक मह महोत्सव’ हुँदै

कर्णाली– सुर्खेत वीरेन्द्रनगरमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि सुरु हुने

गोलभेँडाले उचित मूल्य पाएपछि सर्लाहीका किसान उत्साहित

बरहथवा– गोलभेँडाको बजार मूल्य राम्रो भएपछि यसपटक सर्लाहीका किसान निकै

बलिउड मोहमा विल स्मिथ, शाहरुखसँग काम गर्ने चाहना फेरि दोहोर्‍याए

काठमाडौं – हलिउड स्टार विल स्मिथले बलिउडप्रतिको आफ्नो आकर्षण फेरि

बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

चितवन- देवघाटको बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु भएको