भ्रष्टाचारको मुद्दामा ब्राजिलका पूर्वराष्ट्रपति लुलाले पाए सफाइ « Khabarhub

भ्रष्टाचारको मुद्दामा ब्राजिलका पूर्वराष्ट्रपति लुलाले पाए सफाइ


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रियो दि जेनेरियो– ब्रजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला डे सिल्भाविरूद्ध भ्रष्टाचार आरोपमा परेको मुद्दामा सर्वोच्च अदालतले सफाइ दिएको छ ।

ब्राजिलको उच्च न्यायालयका एक न्यायाधीशले सफाइ दिएपछि पूर्व राष्ट्रपति लुलाको राजनीतिक अधिकार पुनः स्थापित बनेको छ ।

उनले अदालतबाट सफाइ पाएपछि आगामी निर्वाचनमा वर्तमान् राष्ट्रपति जेइर बोल्सोनारोविरुद्ध प्रतिस्पर्धा गर्न पाउने बाटो खुला भएको छ ।

वामपन्थी नेता लुलालाई सन् २०१९ मा १८ महिना कैदपछि रिहा गरिएको थियो ।

ब्राजिलको सर्वोच्च अदालतका एक न्यायाधीशको फैसलाले लुलाविरुद्धका यसअघिका प्रमाणित आपराधिक दोष रद्द गरिदिएका हुन् ।

पूर्वराष्ट्रपति लुलालाई ‘अपरेशन कार वाश’ नामक घुसकाण्डको अनुसन्धानपश्चात् दोषी ठहर गरिएको थियो । त्यसमा अन्य नेता तथा व्यापारीहरू पनि परेका थिए । तर न्यायाधीश एड्सन फाकिनले ती दोषबाट उनलाई सफाइ दिएका हुन् ।

सन् २००३ देखि २०१० सम्म राष्ट्रपति रहेका लुलालाई सन् २०१८ मा दोषी ठहर गरिएको थियो । फैसलापछि एक विज्ञप्ति जारी गर्दै लुलाले आफू सधैँ सही रहेको प्रमाण अदालतले दिएको फैसला भएको दाबी गरेका छन् ।

तर, ब्राजिलका वर्तमान राष्ट्रपति बोल्सोनारोले ब्राजिलियालीहरूले लुलालाई फेरि उम्मेदवारका रूपमा हेर्न नचाहेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ९ : ०५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार