आज २०७७ चैत्र २७ गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०७७ चैत्र २७ गते शुक्रबारको राशिफल


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७७ चैत्र २७ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष

अनावश्यक खर्च बढ्न सक्छ । धार्मिक यात्राको योग । मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ । खानपिनमा ध्यान दिनुहोला ।

बृष

अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ ।

मिथुन

बोली विपरितको अर्थ लाग्ने भएकाले विचार पुर्‍याउनुहोला । नयाँ साथीसँगको संवादले मन प्रफुल्लित बनाउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । न्यायीक क्षेत्रमा सफलता मिल्ला । आर्थिक पक्ष मध्यम रहनेछ ।

कर्कट

रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ ।

सिंह

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर पनि सुन्न पाउनु हुनेछ ।

कन्या

रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

तुला

वैदेशिक यात्राको अवसर मिल्नेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी ।

बृश्चिक

आँटेको र ताकेको कार्य पूरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

धनु

लामो समयका अधुरा कामहरू पूरा हुनेछन् । शुभ कार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ । प्रेममा खटपट आउन सक्छ ।

मकर

जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता । पारिवारिक कलह ।

कुम्भ

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ ।

मीन

आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ६ : ०१ बजे

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा

रास्वपाले गर्‍यो स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा निधन भएका पत्रकार

संसद्‍मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बीच प्रतिनिधिसभाको

काठमाडौं उपत्यकामा दैनिक मेलम्चीको पानी : मन्त्री यादव

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा चौबीसै घण्टा स्वच्छ

सुर्खेतमा रास्वपाले जनताको हस्ताक्षर संकलन गर्दै 

सुर्खेत–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा