युरोपा लिग : म्यान्चेस्टर युनाईटेडसँग हार्‍यो ग्रानडा « Khabarhub

युरोपा लिग : म्यान्चेस्टर युनाईटेडसँग हार्‍यो ग्रानडा


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा सहज जित हासिल गरेको छ ।

बिहीबार राति भएको खेलमा युनाईटेडले स्पेनिस क्लब ग्रानडालाई २-० गोल अन्तरले पराजित गरेको हो । ग्रानडाको मैदानमा युनाईटेडलाई जित दिलाउन मार्कस राषफोर्ड र ब्रुनो फर्नान्डेसले समान एक-एक गोल गरे ।

खेलको ३१ औं मिनेटमा राषफोर्डले गोल गर्दै युनाईटेडलाई १-० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई २-० को जित दिलाए ।

यस जितसँगै युनाईटेडले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । ग्रानडालाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ । अब दोस्रो लेग अप्रिल १६ मा हुनेछ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ६ : ३९ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका