भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिन थपिए १ लाख ३१ हजार बढी संक्रमित « Khabarhub

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिन थपिए १ लाख ३१ हजार बढी संक्रमित


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा थप ‍१ लाख ३१ हजार ८९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि विहीबार चैत्र २६ मा भारतमा दोस्रो धेरै १ लाख २६ हजार ३१५ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३० लाख ७५ हजार ९५४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १९ लाख १० हजार ७४१ जना संक्रमणमुक्त भएका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख ७९ हजार ५१९ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६७ हजार ६९४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८०२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ६ : ५५ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै