कोरोनाविरुद्धको खोप लगाउनेले कतार जाँदा क्वारेन्टाइन बस्न नपर्ने « Khabarhub

कोरोनाविरुद्धको खोप लगाउनेले कतार जाँदा क्वारेन्टाइन बस्न नपर्ने



दोहा– कतारले अब विदेशमा कोरोनाविरुद्धको खोप (भ्याक्सिन) लगाएकालाई पनि कतार प्रवेश पश्चात अनिवार्य होटल क्वारेन्टाइन बस्न नपर्ने गरी छुट दिने भएको छ ।

कतार बाहिर रहँदा फाइजर, बायोनटेक भ्याक्सिन, मोर्डना, आस्ट्राजेनेका र जोन्सन एण्ड जोनसन खोप लगाएकाहरुलाई होटेल क्वारेन्टाइन बस्न नपर्ने नयाँ नियम जारी गरेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

क्वारेन्टाइनको छुट प्राप्त गर्न जोनसन खोपको पहिलो डोज लगाएको हुनु पर्ने र यो बाहेकका अन्य दुई खोप लगाई सकेको हुनुपर्नेछ । खोप लगाएको १४ दिन पुगिसकेको हुनु पर्नेछ । खोप लगाएको आधिकारिक प्रमाणसहित छाप हुनुपर्ने छ ।

माथि उल्लेखित मापदण्ड पूरा गर्ने सबै व्यक्तिको एहतेराजमा स्वास्थ्यस्थिति हरियो हुनुपर्ने, त्यसपछि कतारमा प्रवेश गरेपछि होटल र घर क्वारेन्टाइनबाट छुट दिइने मन्त्रालयले जनाएको छ । यसअघि कतारमा खोप लगाएकालाई मात्र यो सुविधा दिएको थियो ।

एकै दिन ८ जनाको मृत्यु

कतारमा कोरोना संक्रमणबाट एकै दिन ८ जनाको मृत्यु मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३९, ४४, ४५, ५२, ५३, ७३, ८२ र ८६ वर्षीय नागरिकको मृत्‍यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै कतारमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३२० पुगेको छ । त्यस्तै २४ घण्टामा ९४० नयाँ सङ्क्रमित थपिएको छ भने ५२७ जना उपचारपछि निको भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा कोरोना संक्रमितको संख्या १ लाख ८६ हजार २०१ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख ६७ हजार ८४० पुगेको छ ।

अहिलेसम्म कतारमा ९ लाख ८७ हजार ६७३ जनाले कोरोनाविरुद्धको खोप लगाईसकेको मन्त्रालयले जनाएको छ ।

थप प्रतिबन्धसँगै कडाइ

कोरोना संक्रमण बढेसँगै कतार सरकारले प्रतिबन्ध थप गरेको छ । बुधबार प्रधानमन्त्री तथा गृहमन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल थानीको अध्यक्षता बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिबन्धसँगै थप कडाई गर्ने निर्णय गरेको छ ।

यस निर्णय अन्तर्गत सार्वजनिक तथा निजी कम्पनीका कर्मचारीहरु ५० प्रतिशतमा घटाउने, संग्रहालयहरु, पुस्तकालयहरु, नर्सरीहरु बन्द गर्ने, सार्वजनिक पार्क र कर्नेसमा भेला हुन अनुमति नदिने ।

सरकारी एजेन्सीहरूको कार्यस्थलमा उपस्थित कर्मचारीहरूको संख्या घटाउँदै प्रत्येक इकाईका कर्मचारीहरूको कुल सङ्ख्याको ५० प्रतिशतले कार्यालयमा काम गर्ने र बाँकी कर्मचारीहरू घरबाट वा अनुरोधमा टाढाबाट काम गर्ने ।

सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरू र कामदारहरूको लागि उनीहरूको कामको ठाउँमा उपस्थित सबै बैठकहरू (टाढाबाट) आधुनिक प्राविधिको माध्यमहरू प्रयोग गर्नुपर्नेछ। यदि यो सम्भव छैन भने ५ जना भन्दा बढी व्यक्तिले सावधानीका उपायहरू ध्यानमा राख्दै बैठक गर्ने ।

सबै नागरिक र बासिन्दाहरूलाई घर छोड्न अनिवार्य रुपमा मास्क लगाउनु पर्नेछ । कुनै पनि कारणले घर छोड्दा स्मार्टफोनमा (एह्तराज) अनुप्रयोग सक्रिय हुनु पर्नेछ ।

घर भित्र वा बाहिर विवाह अनुमति नदिने । सार्वजनिक पार्क, समुद्री किनार र कर्नेसमा भेला हुने वा बस्ने अनुमति छैन। ती स्थानहरूमा खेल मैदानहरू र खेल उपकरणहरू बन्द गर्ने लगायतका ३३ बुढे नयाँ निर्णय गरेको छ ।

कोरोना सम्बन्धि नियम उल्लंघन गरेको पाइएमा दुई लाख कतारी रियाल जरिवाना र तीन वर्षसम्म कैद सजाय तोकिएको छ । नियम पालना गरेर बढ्दै गरेको संक्रमणबाट बच्न कतारमा कार्यरत सम्पूर्ण नेपालीलाई यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ । नयाँ निर्णय ९ अप्रिल बिहीबारदेखि अर्को सूचना नभएसम्म लागू हुनेछ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ९ : १० बजे

‘संविधान संशोधन गरेर आदिवासी, जनजाति अल्पसङ्ख्यकका हकहितका विषय समेटिनुपर्छ’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

धनुषा, महोत्तरी र सर्लाहीका ग्रामीण क्षेत्रका भौतिक पूर्वाधार निर्माण प्राथमिकतामा

जनकपुरधाम– मधेस प्रदेशको धनुषा, महोत्तरी र सर्लाही जिल्लामा गत आर्थिक

बालेन प्रधानमन्त्री भएदेखि उक्सिनै सकेन पुँजी बजार

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ले सरकारको नेतृत्व गरेपछि औसत रूपमा ओरालो

ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण योगदान : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका परिवर्तनकारी ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक