कुवेतमा एक वर्षपछि अर्को कम्पनीमा भिसा परिवर्तन गर्न सकिने « Khabarhub

कुवेतमा एक वर्षपछि अर्को कम्पनीमा भिसा परिवर्तन गर्न सकिने


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : कुवेतमा साना तथा मझौला कम्पनीहरुको भिसा एक वर्षपछि अर्को कम्पनीमा परिवर्तन गर्न सकिने भएको छ ।

कुवेतको वाणिज्य तथा उद्योग मन्त्री डा. अब्दुल्ला अल-सलमानले अबदेखि तीन वर्षको सट्टा वर्क परमिट (भिसा) जारी गरेको एक वर्षपछि साना र मझौला कम्पनीहरुमा कार्यरत विदेशी श्रमिकहरुले कम्पनी सजिलै परिवर्तन गर्न सक्ने आदेश जारी गरिएको बताए ।

निर्णयले नियोक्ताको अनुमोदन तोकेको थियो, सर्तहरू र नियन्त्रणहरू कानुन नं ९ को २०१६ मा साना र मध्यम उद्यमहरूको मालिकहरूको लागि कार्य नियन्त्रणको बारेमा कोभिड -१९ संकटको सामना गर्न राज्यको सावधानी अपनाउने उपायहरू र श्रम बजारमा पार्ने प्रभावको समीक्षा गरेपछि यस्तो निर्णय लिएको मन्त्री डा. अल-सलमानलाई उदृत गर्दै अरब टाइम्सले जनाएको छ ।

जनशक्तिको लागि सार्वजनिक प्राधिकरणका महानिर्देशक अहमद अल-मौसाले यस विषयमा डा. अल-सलमानलाई एउटा प्रस्तुतीकरण गरेका थिए । जसको निर्णय सार्वजनिक हितमा रहेको महानिर्देशक अल-मौसाले बताए ।

यसघि कुवेतमा तीन वर्ष पूरा गरेपछि मात्र कम्पनी परिवर्तन गर्न सक्ने नियम थियो । कुवेत सरकारको यो निर्णयसँगै नेपाली श्रमिकहरु पनि फाइदा पुग्ने बिश्वास गरिएको छ । कुवेतमा विभिन्न क्षेत्रमा गरी करिव ७० हजार नेपाली कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  १० : ०८ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र