एकअर्काका नातेदार पर्छन् यी कलाकार « Khabarhub

एकअर्काका नातेदार पर्छन् यी कलाकार


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड आफैंमा एक ठूलो परिवार जस्तै छ । त्यही परिवारभित्रका केही कलाकारहरु नातामा एकअर्काका आफन्त पर्छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार सोनम कपूरदेखि रणवीर सिंहसम्म र करीना कपूर खानदेखि श्वेता बच्चनसम्मका अनुहार एकअर्काको नातेदार पर्छन् ।

अभिनेत्री काजोलकी आमा अभिनेता मोहनीश बहलकी दिदी हुन् । त्यहीकारण काजोल र मोहनीशबीच मामाभान्जीको सम्बन्ध छ ।

निर्देशक तथा निर्माता करण जोहार र निर्माता आदित्य चोपडाको सम्बन्ध मामा भान्जाको छ । करणकी आमा हीरु जोहार यशकी बहिनी हुन् ।

अभिनेत्री करीना कपूर खान बलिउडको सर्वाधिक चर्चित र सफल कपूर खानदानको प्रतिनिधित्व गर्छिन् । सायद एउटा कुरा कमैलाई थाहा होला श्वेता बच्चन नन्दा र करीना आफन्त हुन् ।

श्वेता करीनाकी काकी र ऋतु नन्दाकी बुहारी हुन् । उनी करीनाका भान्जा निखिल नन्दाकी पत्नी हुन् ।

अभिनेता रणवीर सिंह र अभिनेत्री सोनम कपूर निकै नजिकका आफन्त हुन् । सोनमकी हजुरआमा र रणवीरकी हजुरआमा दिदी बहिनी हुन् ।

अभिनेत्री रानी मुखर्जी र काजोल चर्चित अभिनेत्रीसँगै एकअर्काका नातेदार पनि हुन् । उनीहरुका पिता भान्जा भाइ हुन् ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  १ : ५० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको