‘माइ सेकेण्ड टिचर’ वैशाख १ बाट देशभर सञ्चालन हुने « Khabarhub

‘माइ सेकेण्ड टिचर’ वैशाख १ बाट देशभर सञ्चालन हुने


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको शिक्षा क्षेत्रमा परिवर्तन ल्याउने उद्देश्यले इन्नोभेट टेकले ईलर्निङ प्ल्याटफर्म ‘माइ सेकेण्ड टिचर’ वैशाख १ गतेदेखि देशैभर सञ्चालनमा ल्याउने भएको छ ।

नेपालको शिक्षा प्रणालीलाई प्रविधिसँग जोडेर अघि बढाउने उद्देश्यसहित उक्त प्रडक्ट ल्याएको इन्नोभेट टेकले जनाएको छ ।

इन्नोभेन्ट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले नेपाल जस्तो विकासोन्मुख राष्ट्रहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउन शिक्षामा आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको बताए ।

यो प्ल्याटफर्मले विद्यार्थी, शिक्षक, अभिभावक र विद्याललय सञ्चालक सबैलाई उपयोगी हुने बुढाथोकीको दाबी छ ।

ईलर्निङ प्ल्याटफर्ममा समसामयिक अवधारणा, पाठ्यक्रमका विषयवस्तु र दैनिक जीवनका अनुभवहरूलाई शिक्षण पद्धतिसँग जोड्ने शिक्षक विद्यार्थीको रोचक संवादमा आधारित अन्तर्क्रियात्मक भिडियो सामग्रीहरू समावेश गरिएको छ ।

यो प्रविधिमा विद्यार्थीले नबुझेका कुरा शिक्षकसँग अनलाइन र व्यक्तिगत रूपमै सोध्न मिल्ने सजिलै उपलब्ध अनलाइन ट्युटर सेवा पनि रहेको उनले बताए ।

प्रत्येक विद्यार्थीको सही मूल्यांकन गर्न आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी बनाइएको डाइगोनोस्टिक रिपोर्ट, कुनै पनि समयमा आफ्नो क्षमता परीक्षण गर्न मिल्ने टेस्ट पेपर लगायतका थुप्रै विशेषताहरू भएको सो प्रडक्टमा रहेका छन् ।

हाल एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै कक्षा १० को अनिवार्य गणित, विज्ञान, अंग्रेजी र ऐच्छिक अर्थशास्त्र विषयका शिक्षक विद्यार्थीको कुराकानीमा आधारित अन्तर्क्रियात्मक भिडियो सामग्रीहरू देशभर उपलब्ध हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालमै नेपालीले बनाएको यो प्ल्याटफर्म विश्वका १८ विकसित देशका क्यम्ब्रिज विद्यालयमा पुगिसकेको र त्यहाँका विद्यार्थी, शिक्षक र अभिभावकहरुले प्रयोग गर्दै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सन् २०२० मा एशिया प्यासिफिक क्षेत्रका उत्कृष्ट १० ईलर्निङ प्ल्याटफर्ममा पर्न सफल भइसकेको बताउँदै बुढाथोकीले सेकेण्ड टिचर नेपालको शैक्षिक गुणस्तर सुधारमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ३ : ३३ बजे

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका