माओवादी केन्द्रले कारबाही गरेका चार पूर्वमन्त्री फेरि मन्त्री नियुक्त « Khabarhub

माओवादी केन्द्रले कारबाही गरेका चार पूर्वमन्त्री फेरि मन्त्री नियुक्त


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेका चार पूर्वमन्त्रीलाई आज पुन: मन्त्री नियुक्त गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई मन्त्री नियुक्त गरेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनीहरूलाई मन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा चार जनालाई मन्त्री गरी कार्यभार समेत तोकिएको जनाएको छ ।

रायमाझीलाई ऊर्जा, जलस्रोत तथा सिंचाई, भट्टराई उद्योग, वाणिज्य तथा आपूर्ती, साहलाई शहरी विकास र चौधरीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाइएको छ। माओवादीले कारबाही गर्नुअघि पनि उनीहरू सोही जिम्मेवारीमा थिए।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ३ : ४६ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको