सशस्त्र प्रहरीको 'स्पेशल टास्क फोर्स' तालिम सम्पन्न (फोटोफिचर) | Khabarhub Khabarhub

सशस्त्र प्रहरीको ‘स्पेशल टास्क फोर्स’ तालिम सम्पन्न (फोटोफिचर)


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा सञ्चालित सि.सं. ८ स्पेशल टास्क फोर्स (एसटीएफ) तालिम सम्पन्न भएको छ ।

शुक्रबार आयोजित समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो तालिमको समापन गरेका हुन् ।

सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले तालिममा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी निरीक्षक हेमन्त लिम्वुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुकासाथै (एसटीएफ)को ट्याग समेत प्रदान गरे ।

उनले लामो तथा अत्यन्तै कठिन (एसटीएफ) जस्तो विशेष तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई बधाई दिँदै राज्य
प्रदत्त जिम्मेवारी निर्वाहमा कार्यक्षेत्रमा सम्पादन गर्नुपर्ने जस्तोसुकै कठिन र चुनौतीपूर्ण कार्यहरुमा समेत सशस्त्र प्रहरी कर्मचारीहरुले तालिमबाट प्राप्त ज्ञान, कला र कौशलको उपयोग गर्दै उत्कृष्ट कार्य सम्पादन गर्न सक्षम रहने विश्वास व्यक्त गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले कार्यक्षेत्रमा वहन गर्नुपर्ने विविध जिम्मेवारी सहज ढंगले वहन गर्न तथा भविष्यमा आईपर्ने चुनौतीहरुलाई परास्त गर्न संगठनले यस्ता किसिमका व्यवसायिक तालिमहरु संचालन गर्दै आइरहेको जानकारी दिए ।

सोही अवसरमा तालिमका प्रशिक्षार्थीहरुले कार्यक्षेत्रमा खटिई सम्पादन गर्नुपर्ने विविध कठिन तथा चुनौतीपूर्ण कार्यसम्पादनको डेमो समेत प्रस्तुत गरेका थिए । सो तालिममा सहिष्णुतातर्फ सशस्त्र प्रहरी जवान महेशसिंह धामी र चाँदमारीतर्फ सशस्त्र प्रहरी जवान वसन्त प्रसाद सुवेदी उत्कृष्ट हुन सफल भएका थिए ।

१६ हप्ता अवधिको उक्त तालिम तीन जना सशस्त्र प्रहरी निरीक्षकसहित कुल ८६ जना सशस्त्र प्रहरी कर्मचारीहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् ।

उक्त तालिममा मेजर तथा माईनर ट्याक्टिस, भिभिआईपी तथा भिआईपी सुरक्षा, जंगल वारफेयर, आतंकवाद तथा प्रतिआतंकवाद, क्लाईम्बिङ्ग, स्वीमिङ्ग, रिभर क्रसिङ्ग, ईन्टेलीजेन्स, मानवअधिकार लगायतका विविध विषयहरुमा प्रशिक्षण दिइएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  १० : ०१ बजे

अहिले देशमा निर्वाचनको वातावरण बन्न नसके पनि एकदिन निर्वाचन हुनै पर्छ : विप्लव

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले कम्युनिष्टहरुलाई

अर्थमन्त्रीले भने- राजस्व चुहावटमा देखिएको कमजोरी आपसी समन्वयबाट समाधान गर्नुपर्छ

वीरगञ्ज– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावटमा देखिएका कमीकमजोरी सरोकार भएका निकायसँग

लगानी, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न चिनियाँ व्यवसायीलाई मल्लको आग्रह 

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले लगानी,

लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु

लमजुङ– लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ

जनकपुर–ढल्केवर ६ लेन सडकमा तीन आकाशे पुल निर्माण गरिँदै

जनकपुरधाम– सडक दुर्घटना न्यून गर्न र ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले