सशस्त्र प्रहरीको ‘स्पेशल टास्क फोर्स’ तालिम सम्पन्न (फोटोफिचर) « Khabarhub

सशस्त्र प्रहरीको ‘स्पेशल टास्क फोर्स’ तालिम सम्पन्न (फोटोफिचर)


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा सञ्चालित सि.सं. ८ स्पेशल टास्क फोर्स (एसटीएफ) तालिम सम्पन्न भएको छ ।

शुक्रबार आयोजित समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो तालिमको समापन गरेका हुन् ।

सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले तालिममा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी निरीक्षक हेमन्त लिम्वुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुकासाथै (एसटीएफ)को ट्याग समेत प्रदान गरे ।

उनले लामो तथा अत्यन्तै कठिन (एसटीएफ) जस्तो विशेष तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई बधाई दिँदै राज्य
प्रदत्त जिम्मेवारी निर्वाहमा कार्यक्षेत्रमा सम्पादन गर्नुपर्ने जस्तोसुकै कठिन र चुनौतीपूर्ण कार्यहरुमा समेत सशस्त्र प्रहरी कर्मचारीहरुले तालिमबाट प्राप्त ज्ञान, कला र कौशलको उपयोग गर्दै उत्कृष्ट कार्य सम्पादन गर्न सक्षम रहने विश्वास व्यक्त गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले कार्यक्षेत्रमा वहन गर्नुपर्ने विविध जिम्मेवारी सहज ढंगले वहन गर्न तथा भविष्यमा आईपर्ने चुनौतीहरुलाई परास्त गर्न संगठनले यस्ता किसिमका व्यवसायिक तालिमहरु संचालन गर्दै आइरहेको जानकारी दिए ।

सोही अवसरमा तालिमका प्रशिक्षार्थीहरुले कार्यक्षेत्रमा खटिई सम्पादन गर्नुपर्ने विविध कठिन तथा चुनौतीपूर्ण कार्यसम्पादनको डेमो समेत प्रस्तुत गरेका थिए । सो तालिममा सहिष्णुतातर्फ सशस्त्र प्रहरी जवान महेशसिंह धामी र चाँदमारीतर्फ सशस्त्र प्रहरी जवान वसन्त प्रसाद सुवेदी उत्कृष्ट हुन सफल भएका थिए ।

१६ हप्ता अवधिको उक्त तालिम तीन जना सशस्त्र प्रहरी निरीक्षकसहित कुल ८६ जना सशस्त्र प्रहरी कर्मचारीहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् ।

उक्त तालिममा मेजर तथा माईनर ट्याक्टिस, भिभिआईपी तथा भिआईपी सुरक्षा, जंगल वारफेयर, आतंकवाद तथा प्रतिआतंकवाद, क्लाईम्बिङ्ग, स्वीमिङ्ग, रिभर क्रसिङ्ग, ईन्टेलीजेन्स, मानवअधिकार लगायतका विविध विषयहरुमा प्रशिक्षण दिइएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  १० : ०१ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय