२०८ जना नेता–कार्यकर्ता रिहा गर्न जसपाले लेख्यो सरकारलाई पत्र | Khabarhub Khabarhub

२०८ जना नेता–कार्यकर्ता रिहा गर्न जसपाले लेख्यो सरकारलाई पत्र


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले विभिन्न अभियोगमा जेलमा रहेका आफ्ना २ सय ८ जना नेता/कार्यकर्ता रिहा गर्न सरकारलाई पत्र लेखेको छ ।

जसपाले विभिन्न २४ मुद्धामा अभियोग लागेका २ सय ८ जना पार्टीका नेता/कार्यकर्ता रिहा गर्न गृह मन्त्रालयलाई पत्र लेखेको हो ।

जसपासंगको छलफलपछि सरकारले राजनीतिक मुद्दाको प्रकृति उल्लेख गरी निर्देशिका बनाएको छ । सोही निर्देशिकाको आधारमा २०८ जना नेता/कार्यकर्ता रिहा गर्ने प्रक्रिया अघि बढाउन गृहमन्त्रालयमा पत्र पठाइएको जसपाका नेता सुरेन्द्र झाले जानकारी दिए ।

‘हामीले पठाएकोमा राजनीतिक मुद्धा नै छ । यसलाई गृह मन्त्रालयले हेर्छ र यस्तो यस्तो रहेछ भनी रुजु गर्छ’ नेता झाले भने, ‘पत्र गृहमन्त्रालयबाट कानुन मन्त्रालय हुँदै कानुनी रायसहित मन्त्रिपरिषदमा पुगेर निर्णय हुन्छ।’

जसपाले उल्लेख गरेको २ सय ८ जनामा टीकापुर घटनामा दोषी ठहर भइ कैद भुक्तान गरिरहेका निलम्बित सांसद रेशम चौधरीदेखि प्रदेशको समाजिक विकास राज्यमन्त्री र स्थानीय तहका प्रमुखसमेत रहेका छन् ।

छानविन समिति गठन

जसपाले पठाएको विवरण अध्ययन गर्न गृहमन्त्रालयले एक जना सहसचिवको नेतृत्वमा छानविन समिति बनाएको छ । तर, छानविन समितिमा को को छन् भन्ने जानकारी गृहमन्त्रालयले दिएको छैन ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले छानविन समिति बनेको बताउँदै समितिले कार्यविधि बमोजिम प्रक्रिया पुगे/नपुगेको, कागजपत्र पुगे/नपुगेको हेर्ने र रिपोर्ट पेश गर्ने बताए ।

गत फागुन २७ र २८ गते सरकार र जसपाबीच वार्ता भएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ८ : ५० बजे

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट ३७ जना फरार कैदी पक्राउ

काठमाडौं– जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न कारागारबाट फरार भएका ३७

अस्थायी रूपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय

नेपालगञ्ज– आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका यहाँका कार्यालयमध्ये केहीले अस्थायी

कार्कीलाई बधाई दिँदै उद्योग सङ्गठन मोरङले भन्यो – लुटपाट, आगजनी तथा विध्वंसमा सङ्लग्नलाई दण्डित गरियोस्‌

काठमाडौँ – पूर्वका उद्योगीहरूको छाता संस्था उद्योग सङ्गठन मोरङले नवनियुक्त

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

चितवन– कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा

पाँच दिनपछि खुल्यो गड्डाचौकी नाका

दोधारा चाँदनी– नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच