तनाव कम गर्न अपनाउनुपर्ने वास्तुका ४ टिप्स « Khabarhub

तनाव कम गर्न अपनाउनुपर्ने वास्तुका ४ टिप्स


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल तनाव र डिप्रेसनको समस्या वयस्कमा मात्र नभई बालबालिकामा समेत देखिन थालेको छ ।

परीक्षा वा नतीजाको तनाव र कार्यालयको काम वा सम्बन्धका समस्याका कारणले आउने तनावले डिप्रेसन हुन सक्छ । यस्ता समस्या बढ्दै गएपछि व्यक्तिको जीवनमा नकारात्मकता हावी हुदै जान्छ । यस्तोमा वास्तु दोष पनि कारण बन्ने गर्दछ ।

वास्तु शास्त्रका अनुसार घरको पश्चिमी दिशामा वास्तु दोषका कारण व्यक्ति तनाव वा डिप्रेशनको शिकार हुनसक्छ । यदि डिप्रेशनबाट बच्नु छ भने यस दिशा वास्तु अनुरूप हुन आवश्यक छ । वास्तु अनुसार पश्चिम दिशा लामो समय बिताउनु हुदैँन । साथै सुत्नु हुदैँन । त्यसैले यस दिशामा बेडरूम हुनुको सट्टा ट्वाइलेट, सीढि निर्माण हुनु पर्दछ । यस अलावा घरके ईशान कोणमा भारी वस्तु राख्नु हुदैन । साथै सफा र स्वच्छ हुनु पर्दछ । यस अलावा तनावबाट बच्न घरमा यी उपाय गर्नु पर्दछ ।

१. तनाव वा डिप्रेशनको शिकार भएका व्यक्ति कहिल्यै उत्तर वा पश्चिम दिशा सिर पारेर सुत्नु हुदैँन । यसो गर्दा तनाव बढ्दछ । साथै पूर्व वा दक्षिण दिशा सिर पारि सुत्नु पर्दछ ।

२. घरमा कहिल्यै टूटे फुटेको वा चर्केको चीज राख्नु हुदैँन । यस्ता सामान घरमा राखेमा सम्बन्धमा कलह बढ्ने गर्दछ र मानसिक तनावको सामना गर्नु पर्ने हुन सक्छ ।

३. यदि घरमा नकारात्मकताको आभास भयो वा हमेशा तनाव महशुस भयो वा घरमा कोहि सदस्य डिप्रेशनको शिकार छन् भने साँझमा अनिवार्य घरमा सुगन्धित अगरबत्ती बाल्ने गर्नु पर्दछ । अगरबत्तीले वातावरण सुगन्धित हुन्छ साथै मनमा शान्ति महशुस हुन्छ । र सकारात्मक उर्जा समेत बढ्ने गर्दछ ।

४. घरमा माकुराले लगाएको जालो र फोहोर पनि मानसिक तनावको कारण बन्न सक्छ । तसर्थ यस प्रकारको जालो हटाउनु पर्दछ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ११ : ५७ बजे

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको