पार्टी फुटाउन केही व्यक्तिहरु सामूहिक राजीनामा दिएर राजनीतिक जीवन समाप्त पार्दैछन् : प्रधानमन्त्री ओली « Khabarhub

पार्टी फुटाउन केही व्यक्तिहरु सामूहिक राजीनामा दिएर राजनीतिक जीवन समाप्त पार्दैछन् : प्रधानमन्त्री ओली


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले कसैलाई पनि काखापाखा नगर्ने भन्दै पार्टी एकताका पक्षमा रहन आग्रह गरेका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिने तयारी गरेका बेला अध्यक्ष ओलीले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी एकताका पक्षमा उभिन अपिल गरेका हुन् ।

‘जनताको आशा भरोसा र विश्वासको केन्द्र यो पार्टी– नेकपा (एमाले)लाई अझ सुदृढ र एकतावद्ध बनाउँदै अगाडि बढाउनु पर्ने प्रमुख दायित्व आजको पुस्ताको हो । कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इर्श्या छन् । यस आन्दोलनलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउनु हुँदैन,’ अध्यक्ष ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आफ्नै पार्टीको नेतृत्वमा बनेका सरकार ढाल्न लाग्नु हानिकारक रहेको भन्दै अध्यक्ष ओलीले भनेका छन्,‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी/गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्ने जस्ता हानिकारक प्रयास भएका छन् ।’

‘कुनै पनि तहमा पार्टीका सरकारलाई ढालि छाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउने जस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि आज देखा परेका छन् । यी प्रवृत्ति कुनै पनि हिसावले उपयुक्त होइनन् र यी हानिकारक छन् । के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ?’ प्रश्न गर्दै अध्यक्ष ओलीले भनेका छन्,‘सोचौं, भोलि हामी जनतालाई के जवाफ दिन्छौं ? तसर्थ, यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसावले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु ।’

पार्टीका इमान्दार नेता कार्यकर्ता पार्टीलाई हानी पुग्ने र आन्दोलनलाई क्षति पुर्‍याउने कुनै पनि क्रियाकलापमा संलग्न नहुनेमा विश्वस्त रहेको भन्दै अध्यक्ष ओलीले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘भ्रम फैलाइए जस्तो र हल्ला चलाइए जस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात गर्दैन । म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु । तसर्थ पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैमा आग्रह गर्दछु ।’

उनले राणा शासनको अन्धकार युगमा सुन्दर भविष्य र संकल्पका साथ स्थापित, संगिठत र सक्रिय भई अघि बढेको बामपन्थी आन्दोलन धेरै शहीदको बलिदान, धेरै अग्रजका मार्गदर्शन र योगदानबाट आज यस ठाउँमा आइपुगेको बताएका छन् ।

यस्तो छ प्रेस वक्तव्य

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : ४९ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक