आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ जनाको पीसीआर परीक्षण गरिएकोमा ८ हजार ७७७ जना कोरोना पुष्टि भएको छ भने र ५०६ जनाको एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ९४ हजार ६ सय ६७ पुगेको छ।  जसमध्ये ८८ हजार १ सय ६० जना सक्रिय संक्रमित छन्।

कुन जिल्लामा कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३, उदयपुरमा ५, ओखलढुंगामा ८, खोटाङमा १, झापामा ११७, धनकुटामा ३, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ३३०, संखुवासभामा २, सुनसरीमा ६६ र सोलुखुम्बुमा ३ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा १३०, पर्सा ६७, बारामा २४, महोत्तरीमा ८५, रौतहटमा ५०, सप्तरीमा २८, सर्लाहीमा १२ र सिरहामा ३३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ३ हजार १ सय ६१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १२२, चितवनमा ३१०, दोलखामा ८, धादिङमा २१, नुवाकोटमा ७३, भक्तपुरमा ५०४, मकवानपुरमा ९०, रसुवामा ७, रामेछापमा १९, ललितपुरमा ५३३, सिन्धुपाल्चोकमा ७५ र सिन्धुलीमा ४३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३८३, गोरखामा ७४, तनहुँमा ८३, नवलपरासी पूर्वमा ५२, पर्वतमा ७, म्याग्दीमा ४, लमजुङमा १२, बागलुङमा ३ र स्याङजामा २३ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३९, कपिलवस्तुमा ३७, गुल्मीमा १२, दाङमा ३११, नवलपरासीमा ६०, पाल्पामा ९३, प्युठानमा ५, बर्दियामा १२, बाँकेमा ७३, रुपन्देहीमा ५६२ र रोल्पामा २१ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ४, जाजरकोटमा ३, जुम्लामा १९, दैलेखमा ४, रुकुम पश्चिमा ९, सल्यानमा ३ र सुर्खेतमा २३५ जनामा कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा ४४, कञ्चनपुरमा २१, कैलालीमा ४७६, डडेल्धुरामा ४५, डोटीमा ९, दार्चुलामा २९, बझाङमा ३ र बैतडीमा ७१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ६ : १२ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको