आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ जनाको पीसीआर परीक्षण गरिएकोमा ८ हजार ७७७ जना कोरोना पुष्टि भएको छ भने र ५०६ जनाको एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ९४ हजार ६ सय ६७ पुगेको छ।  जसमध्ये ८८ हजार १ सय ६० जना सक्रिय संक्रमित छन्।

कुन जिल्लामा कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३, उदयपुरमा ५, ओखलढुंगामा ८, खोटाङमा १, झापामा ११७, धनकुटामा ३, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ३३०, संखुवासभामा २, सुनसरीमा ६६ र सोलुखुम्बुमा ३ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा १३०, पर्सा ६७, बारामा २४, महोत्तरीमा ८५, रौतहटमा ५०, सप्तरीमा २८, सर्लाहीमा १२ र सिरहामा ३३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ३ हजार १ सय ६१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १२२, चितवनमा ३१०, दोलखामा ८, धादिङमा २१, नुवाकोटमा ७३, भक्तपुरमा ५०४, मकवानपुरमा ९०, रसुवामा ७, रामेछापमा १९, ललितपुरमा ५३३, सिन्धुपाल्चोकमा ७५ र सिन्धुलीमा ४३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३८३, गोरखामा ७४, तनहुँमा ८३, नवलपरासी पूर्वमा ५२, पर्वतमा ७, म्याग्दीमा ४, लमजुङमा १२, बागलुङमा ३ र स्याङजामा २३ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३९, कपिलवस्तुमा ३७, गुल्मीमा १२, दाङमा ३११, नवलपरासीमा ६०, पाल्पामा ९३, प्युठानमा ५, बर्दियामा १२, बाँकेमा ७३, रुपन्देहीमा ५६२ र रोल्पामा २१ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ४, जाजरकोटमा ३, जुम्लामा १९, दैलेखमा ४, रुकुम पश्चिमा ९, सल्यानमा ३ र सुर्खेतमा २३५ जनामा कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा ४४, कञ्चनपुरमा २१, कैलालीमा ४७६, डडेल्धुरामा ४५, डोटीमा ९, दार्चुलामा २९, बझाङमा ३ र बैतडीमा ७१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ६ : १२ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग