प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई एमालेको ह्वीप « Khabarhub

प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई एमालेको ह्वीप


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका हुन् ।

संसद अधिवेशनको पूर्व सन्ध्यामा संसदीय दलको बैठक राखी सदस्यहरूको भनाइहरू सुन्न र घनीभूत छलफल गर्न प्रधानमन्त्री एवम् दलका नेता केपी शर्मा ओलीलाई तीव्र इच्छा हुँदाहुँदै पनि कोभिड १९ को कारण प्रतिकुल अवस्था उत्पन्न भएकोले भौतिक रुपमा बैठक बस्न सम्भव नभएको पत्रमा उल्लेख छ ।

पत्रमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न सबै आफ्ना सांसदलाई ह्वीप जारी गरिएको छ ।

यस्तो छ पत्र

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ६ : २२ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब