प्रधानमन्त्रीले लिने विश्वासको मतबारे जसपाले ह्वीप नलगाउने « Khabarhub

प्रधानमन्त्रीले लिने विश्वासको मतबारे जसपाले ह्वीप नलगाउने


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतका लागि ह्वीप जारी नगर्ने भएको छ । उक्त प्रक्रियामा जसपाले आफ्ना सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिने भएको हो ।

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको निवासमा बसेको पदाधिकारी बैठकले विश्वासको मतको विपक्ष वा तटस्थ बस्ने स्वतन्त्रता सांसदहरूलाई दिने निर्णय गरेको नेता अशोक राईले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले सोमबारको संसद बैठकमा विश्वासको मत लिँदैछन् । उक्त बैठकमा जसपाले ह्वीप नलगाउने निर्णय गरेको हो ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले आइतबार बिहान प्रधानमन्त्री ओलीसँग छलफल गर्दै तटस्थ बस्ने बताएका थिए । पार्टी एकता जोगाउनुपर्ने भएकाले विश्वासको मत दिन नसकिने उनीहरूको भनाइ थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ६ : ४५ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन