प्रधानमन्त्रीले लिने विश्वासको मतबारे जसपाले ह्वीप नलगाउने « Khabarhub

प्रधानमन्त्रीले लिने विश्वासको मतबारे जसपाले ह्वीप नलगाउने


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतका लागि ह्वीप जारी नगर्ने भएको छ । उक्त प्रक्रियामा जसपाले आफ्ना सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिने भएको हो ।

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको निवासमा बसेको पदाधिकारी बैठकले विश्वासको मतको विपक्ष वा तटस्थ बस्ने स्वतन्त्रता सांसदहरूलाई दिने निर्णय गरेको नेता अशोक राईले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले सोमबारको संसद बैठकमा विश्वासको मत लिँदैछन् । उक्त बैठकमा जसपाले ह्वीप नलगाउने निर्णय गरेको हो ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले आइतबार बिहान प्रधानमन्त्री ओलीसँग छलफल गर्दै तटस्थ बस्ने बताएका थिए । पार्टी एकता जोगाउनुपर्ने भएकाले विश्वासको मत दिन नसकिने उनीहरूको भनाइ थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ६ : ४५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब