छिट्टै बहुमतको नयाँ सरकार बन्छ : प्रवक्ता श्रेष्ठ « Khabarhub

छिट्टै बहुमतको नयाँ सरकार बन्छ : प्रवक्ता श्रेष्ठ


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– नेकपा(माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताएका छन् ।

गोरखा सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उनले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैलीका कारण पनि’ वर्तमान सरकारले संसद्बाट विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था नरहेको जिकिर गरे । ‘अहिलेको सरकारले भोलि(सोमबार) विश्वासको मत प्राप्त गर्न सक्दैन’, उनले भने, ‘छिट्टै बहुमतको नयाँ सरकार बन्छ ।’

प्रवक्ता श्रेष्ठले देशको अहिलेसम्म सामाजिक–आर्थिक रुपान्तरणमा सरकारले छिपछिपेपन मात्र देखाएको तथा कोरोना नियन्त्रण र रोकथाममा समेत प्रभावकारी भूमिका खेल्न असफल भएको आरोप लगाए । ‘अहिले कांग्रेस संसदीय दलका नेतालाई प्रधानमन्त्रीका रुपमा अगाडि बढाउने विपक्षी गठबन्धनको तयारी छ’, प्रवक्ता श्रेष्ठले भने, ‘हाम्रो पार्टीले स्पष्ट रुपमा सरकारलाई विश्वासको मत दिन सक्दैनौँ भनेर निर्णय गरिसकेका छौँ ।’

प्रवक्ता श्रेष्ठले प्रमुख प्रतिपक्ष दलका नेता र सभामुख बैठकमा भाग लिन नसक्ने घोषणा गरेका परिस्थितिमा संवैधानिक आयोगमा गरिएको नियुक्तिसमेत असंवैधानिक भएको विचार राखे ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ९ : ०१ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२