सक्रिय संक्रमितको संख्या ८८ हजार नाघ्यो, झण्डै आधा काठमाडौँ उपत्यकामा « Khabarhub

सक्रिय संक्रमितको संख्या ८८ हजार नाघ्यो, झण्डै आधा काठमाडौँ उपत्यकामा


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको सख्या ८८ हजार नाघेको छ ।

पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या ८८ हजार १६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयको आइतबारको तथ्यांक अनुसार २६ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने १९ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयको तथ्यांक हेर्दा देशभर रहेका सक्रिय संक्रमितको आधीजसो सक्रिय संक्रमित काठमाडौँ उपत्यकामा रहेका छन् ।

मन्त्रालयका अनुसार हाल काठमाडौंमा २७ हजार ६६०, भक्तपुरमा ३ हजार ९१२ र ललितपुरमा ६ हजार १० गरी उपत्यकामा मात्र ३७ हजार ५८२ जना सक्रिय संक्रमित रहेका छन्।

काठमाडौंमा बढी सक्रिय संक्रमित भएकै कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलगायत धेरै अस्पतालहरुमा वेडको अभाव सृजना भइसकेको छ भने वेडको अभावमा मानिसहरु अक्सिजन सिलिन्डर बोकेर अस्पतालको बाहिर समेत बसिरहेको संक्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुनले जानकारी दिए।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १० : ५९ बजे

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ