यात्रुसँग बढी भाडा लिने चारजना पक्राउ « Khabarhub

यात्रुसँग बढी भाडा लिने चारजना पक्राउ


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यात्रुसँग बढी भाडा लिने यातायातका चार कर्मचारीलाई आज महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

ट्राफिक प्रहरीले काठमाडौँको ढुङ्गेधाराबाट बझाङका २४ वर्षीय योगेन्द्र बोहोरा र ३० वर्षका आकाश विष्ट तथा नयाँ बसपार्कबाट मकवानपुर घर भइ बालाजु बस्ने ३२ वर्षीय अमृत विष्ट र गोर्खा घर भई मित्रनगर बस्ने वर्ष ४५ का सोमबहादुर गुरुङ्गलाई पक्राउ गरेको हो ।

उनीहरुले ना ८ख८४९४ नम्बरको शुभ बिहानी यातायातमार्फत धनगढी जाने यात्रुसँग प्रतिव्यक्ति चार हजारदेखि चार हजार ५०० सम्म भाडा लएको पाइएको महाशाखाले जनाएको छ । पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बालाजुमा बुझाएको छ ।

यसअघि बढी भाडा लिने १७ जनालाई महाशाखाले पक्राउ गरी कारवाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा बुझाइसकेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराइले जानकारी दिए । अहिले प्रहरीले आफैँ यात्रु बनेर जाने, सादा पोशाकमा निगरानी गर्ने र विशेष सुराकी परिचालन गरेर यातायात क्षेत्रको अनुगमन गरिरहेको छ ।

उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात वैदेशिक रोजगारबाट फर्किने र जरुरी काम परी उपत्यका बाहिरका जिल्ला जाने यात्रुलाई काउण्टरका कर्मचारीले छ गुणा बढीसम्म भाडा लिइ ठगी गर्ने गरेको पाइएको छ । यस्ता कार्यमा काउण्टरका कर्मचारी कै संलग्नता रहेको पाइएको छ । निषेधाज्ञापश्चात गोङ्गबु बसपार्क, कलङ्की, कोटेश्वर र गौशाला क्षेत्रबाट ट्राफिक प्रहरीले यात्रु ठग्ने काउण्टरका कर्मचारी र बुकिङ्ग स्टाफलाई पक्राउ गरेको हो । – रासस

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ७ : १५ बजे

दलित समुदायका थर सूचीकरणअघि मन्त्रालयले माग्यो सुझाव 

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा

बैतडीका १७८ जनाले घरमै पाए राहदानी

बैतडी– सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी

वाग्मती सफाइ अभियान : आज चार मेट्रिकटन नकुहिने फोहर संकलन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

ढोरपाटनमा पुगे ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ– ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै गएको

ग्यास अभावबारे उद्योगमन्त्री यादवले गरिन् स्थलगत अनुगमन

काठमाडौं – बजारमा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेपछि