कोरोना संक्रमित सांसद पनि प्रधानमन्त्रीको विश्वासको मतदानमा सामेल हुन पाउने (भिडियोसहित) | Khabarhub Khabarhub

कोरोना संक्रमित सांसद पनि प्रधानमन्त्रीको विश्वासको मतदानमा सामेल हुन पाउने (भिडियोसहित)


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको संक्रमण भएका सांसदले पनि मतदान प्रक्रियामा सहभागी हुन पाउने भएका छन्। आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संक्रमित सांसदका लागि छुट्टै व्यवस्था गर्ने निर्णय गरेको हो।

संक्रमित सांसदका लागि संसद् भवन बाहिर पालको व्यवस्था गरिने संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए।

‘उहाँहरु आउनुभयो भने बाहिर पालमा राख्ने र छुट्टै लबि बनाएर मतदानमा सहभागी गराउने तयारी भएको छ। मतदानको घण्टी लागेपछि मात्रै उहाँहरु मतदानका लागि जानुहुन्छ’,प्रवक्ता पाण्डेले भने ।

संसद् बैठक छोटो बनाउने र मतदान भोलि नै गराउने निर्णय कार्यव्यवस्थाले गरेको उनले जानकारी दिए।

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने निर्णय गरेपछि भोलि सोमबारका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ। सचिवालयका अनुसार २८ जना सांसद संक्रमित छन् ।

हेरौँ भिडियो

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ८ : १३ बजे

निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर

नयाँ यात्रा थालेका जनार्दन अध्यक्ष नबन्ने, नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने

काठमाडौं- नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेका नेता जनार्दन शर्माले आफू

जनार्दनले भने : प्रचण्ड-माधवलाई जनताले अस्वीकार गरिसके, एकताको कुनै अर्थ छैन 

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफू पदको लोभी

‘माओवाद छाडेर प्रचण्डले माधव नेपालसामु आत्मसमर्पण गरे, विचारविहीन एकता दुर्घटनामा पर्छ’

काठमाडौं- नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेका नेता जनार्दन शर्माले मंगलबार

कलमेगी चक्रवातका कारण बाढी आउँदा भियतनाममा, ४० जनाको मृत्यु

हनोई– मध्य भियतनाममा कलमेगी चक्रवातका कारण आएको एक हप्ता लामो