कोरोना संक्रमित सांसद पनि प्रधानमन्त्रीको विश्वासको मतदानमा सामेल हुन पाउने (भिडियोसहित) « Khabarhub

कोरोना संक्रमित सांसद पनि प्रधानमन्त्रीको विश्वासको मतदानमा सामेल हुन पाउने (भिडियोसहित)


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको संक्रमण भएका सांसदले पनि मतदान प्रक्रियामा सहभागी हुन पाउने भएका छन्। आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संक्रमित सांसदका लागि छुट्टै व्यवस्था गर्ने निर्णय गरेको हो।

संक्रमित सांसदका लागि संसद् भवन बाहिर पालको व्यवस्था गरिने संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए।

‘उहाँहरु आउनुभयो भने बाहिर पालमा राख्ने र छुट्टै लबि बनाएर मतदानमा सहभागी गराउने तयारी भएको छ। मतदानको घण्टी लागेपछि मात्रै उहाँहरु मतदानका लागि जानुहुन्छ’,प्रवक्ता पाण्डेले भने ।

संसद् बैठक छोटो बनाउने र मतदान भोलि नै गराउने निर्णय कार्यव्यवस्थाले गरेको उनले जानकारी दिए।

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने निर्णय गरेपछि भोलि सोमबारका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ। सचिवालयका अनुसार २८ जना सांसद संक्रमित छन् ।

हेरौँ भिडियो

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ८ : १३ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन