निर्माण आयोजनाको म्याद एक वर्ष थप गर्न माग « Khabarhub

निर्माण आयोजनाको म्याद एक वर्ष थप गर्न माग


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल निर्माण व्यवसायी महासङ्घले कोरोना भाइरसको नयाँ भेरिएन्टका कारण जारी निषेधाज्ञाले निर्माण उद्योग आक्रान्त भएकाले निर्माण आयोजनाको म्याद एक वर्ष थप गर्न माग गरेको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र शहरी विकास मन्त्री प्रभु साहलाई भेट गरी कोभिड–१९ को दोस्रो लहरले निर्माण उद्योगमा पारेको असरबारे जानकारी गराएको छ ।

भेटमा सबै निर्माण बन्द गर्दै निर्णय मितिबाट लागू हुने गरी चैत्रदेखि कात्तिक मसान्तसम्मको अवधिलाई शून्य समय (कन्स्ट्रक्शन होलिडे) मानेर सबै आयोजनाको एकमुष्ठ एक वर्ष म्याद थप गर्न माग गरेको हो । प्रतिनिधिमण्डलले शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंह समक्ष पनि निर्माण उद्योगको पछिल्लो अवस्थाबारे जानकारी गराएको छ ।

प्रतिनिधिमण्डलले विकास निर्माण सम्बन्धमा सम्बन्धित आयोजनाले आवासीय कामदार राखी निर्माण कार्य सञ्चालन गर्ने भनिएता पनि श्रमिक सङ्क्रमण सर्ने डर र त्रासका कारणले काम गर्न डराउने गरेका छन् । भएका श्रमिक पनि आ–आफ्नो वासस्थानतर्फ हिँडिसकेको महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार निर्माणको लागि प्रयोग हुने सवारी साधनको पास उपलब्धता सहज रुपमा नभएकाले निर्माण सामग्री लोड भएर आएका गाडीलाई ठाउँ ठाउँमा रोकिएको छ । निर्माण सामग्रीका केही ठूला उद्योग खुलेता पनि सोका डिलर, वितरक पसल बन्द रहेको कारणले निर्माण सामग्रीको अभावले निर्माण प्रायः बन्द छ ।

निषेधाज्ञाकै फाइदा उठाउँदै निर्माण सामग्रीमा गरिएको चर्को मूल्यवृद्धिले निर्माण लागत बढ्न गएको पनि महासङ्घले जानकारी गराएको छ । सडक, सिँचाइलगायतका अन्य क्षेत्रका तोकिएकै सीमित स्थानमा नभई छरिएर गर्नुपर्ने भएकाले सङ्क्रमण सर्ने त्रास रहेको छ ।

निर्माण सामग्री ढुवानी, लोड अनलोड इत्यादिले एक अर्कासँग प्रत्यक्ष सम्पर्क हुने हुँदा र निर्माणस्थलमा खटिएका कोही कसैको सङ्क्रमणले गर्दा निधन नै हुने डरले काममा नजाने अवस्था आएको छ । सङ्क्रमण भएकाको उपचारमा लाग्ने खर्चका कारण निर्माण व्यवसाय क्षेत्रले क्षति व्यहोर्नु पर्ने स्थिति देखिएको महासङ्घको भनाइ छ । कतिपय स्थानमा सङ्क्रमण फैलिने डरका कारण स्थानीयले नै काममा अवरोध सिर्जना गरेको पनि महासङ्घले जनाएको छ ।

निर्माण व्यवसायीको अबौँ अर्ब भुक्तानी रोकिएको तथा सङ्क्रमण तीव्र गतिमा फैलिरहेको जटिल अवस्थालाई ख्याल गरी बैङ्क ऋणको किस्ता तिर्नका लागि आवश्यक समय थप गरिनु पर्ने महासङ्घको माग छ ।

जवाफमा मन्त्रीद्वय र सचिवले महासङ्घबाट प्राप्त जानकारीलाई सीसीएमसीमा राख्ने प्रतिबद्धता जनाउँदै म्याद थप सम्बन्धमा सकारात्मक रहेको जानकारी दिएका थिए । प्रतिनिधिमण्डलमा महासङ्घका महासचिव रोशन दाहाल र कार्यालय प्रमुख प्रेमसिंह ऐर रहेका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ९ : २९ बजे

भारतमा मतदाता सूची विवाद चर्कियो, विपक्षी नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको