नेपाल–खनाल समूहद्वारा माग पूरा गर्न ओलीलाई सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’ « Khabarhub

नेपाल–खनाल समूहद्वारा माग पूरा गर्न ओलीलाई सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

काठमाडौँ– नेकपा (एमाले) नेपाल–खनाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो समूहको माग सम्बोधनका लागि सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’ दिएको छ ।

आइतबार अपराह्न सिंहदरबारमा बसेको नेपाल-खनाल समूहका सांसदहरुको बैठकले २०७५ जेठ २ अनुसार पार्टी फर्काउने र आगामी दिनमा पार्टी सहमतिमा चलाउने प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार बिहान ९ बजेसम्मको समय दिने निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए ।

उक्त समयमा पनि आफूहरुको मागको सुनुवाइ नभए आफूहरु प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न नसक्ने उनले संकेत गरे।

आफूहरुका दुईवटा माग पार्टी एकतापूर्व २०७५ जेठ २ को अवस्थामा फर्किने र सहमतिका साथ अघि बढ्ने अवस्थामा संसदमा प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्ने आफूहरु तयार रहेको उनले बताए।

उनले भने, ‘सांसदहरुलाई भोलि बिहान साढे नौ बजे संसद सचिवालयमा बोलाएका छौँ। त्यतिबेलासम्म हामी पर्खिन्छौँ। त्यसपछि निर्णय लिन्छौँ।’

बैठकले पार्टी एकतालाई जोगाउन र त्यसको रक्षा गर्ने दायित्व पार्टी अध्यक्षको भएको हुँदा यसलाई अध्यक्षले गम्भीरताका साथ पूरा गर्नुभएको छैन भन्ने निष्कर्ष निकालेको छ ।

बैठकले पार्टी एकताका लागि गम्भिरताका साथ अगाडि बढ्न पार्टी अध्यक्षलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गराएको उनले बताए ।

त्यसैगरी बैठकले पार्टी अध्यक्ष ओलीले जारी गरेको वक्तव्यमा पार्टीको एउटा पक्षलाई वाञ्छित गर्ने खालका केही शब्दहरु समावेश भएकोप्रति चिन्ता व्यक्त गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ८ : ३३ बजे

फिफा विश्वकपको उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने, ‘हेड टु हेड’मा को बलियो ?

काठमाडौं – फिफा विश्वकप फुटबल–२०२६ आज रातिबाट औपचारिक रूपमा सुरु

बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्ले बालबालिकाका लागि सुरक्षित, समावेशी, पहुँचयोग्य,

सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको भेट

काठमाडौं – सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका

विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी