अमेरिकामा अन्धाधुन्ध गोली चल्दा एक नेपालीसहित चारको मृत्यु « Khabarhub

अमेरिकामा अन्धाधुन्ध गोली चल्दा एक नेपालीसहित चारको मृत्यु


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेरिल्याण्ड- अमेरिकाको मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ ।

मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित चार जना मारिएका स्थानीय प्रशासनले पुष्टि गरेको छ । मारिने अन्य व्यक्तिहरू ल्याटिन अमेरिकी रहेका पनि बुझिएको छ ।

बाल्टिमोर काउन्टी प्रहरीले आक्रमण गर्ने व्यक्ति ५६ बर्षीय एभर्टन ब्राउन भएको र उक्त व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली लागि मृत्यु भएको बताइएको छ ।

मानसिक रोगी रहेको उक्त आक्रमणकारीले ग्यास खोलेर आफ्नै घरमासमेत आगो लगाएपछि अन्घाधुन्ध गोली प्रहार गरेको बताइएको छ । आगलागीका कारण छिमेकमा रहेका अन्य दुई घरमा पनि सामान्य क्षति भएको छ । रासस

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १० : ५६ बजे

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ