लिंगको मुण्ड ढाक्ने छाला पछाडी फर्कन नसके के हुन्छ ? « Khabarhub

लिंगको मुण्ड ढाक्ने छाला पछाडी फर्कन नसके के हुन्छ ?


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पुरुषको लिङ्गलाई बाहिरबाट छालाले ढाकेको हुन्छ । बाल्यकालमा छाला लिङ्गको मुण्डसँग टाँसिएको भए पनि उमेर बढ्दै जादाँ यो छुट्टिन्छ ।

छालाले भने लिङ्ग मुण्ड ढाकेर बसेको हुन्छ । यसलाई पछाडी सार्दा वा शारीरिक सम्पर्क गर्दा यो सर्छ । तर फेरि मुण्ड छोप्ने गरी फर्किन्छ । यो सामान्य हो । तर कतिपयलाई भने यसबारे धेरै जिज्ञाशा हुने सक्छ ।

तर कतिपय पुरुषमा भने उमेर बढेपनि लिंगको मुण्ड ढाक्ने छाला पछाडितिर फर्काउदाँ नर्फकिने हुनसक्छ । छालाको प्वाल सानो भएको त्यसबाट मुण्ड बाहिर निस्कन सक्दैन र छाला पछाडितिर फर्काउन सकिँदैन । तर यसो हुदैँमा डराउनु भने पर्दैन । तर लिंगको अघिल्लोपट्टिको छाला खुलेको छैन वा पिसाब गर्दा छालाको फुल्छ र पीडा हुन्छ भने यसको शल्यक्रियामार्फत उपचार गराउनु पर्दछ ।

यदि छालामा भएको प्वाल निकै सानो छ र पिसाबको धारा राम्रोसँग आउँदैन भने यस्तोमा मूत्र प्रणालीमा असर पर्न सक्छ । साथै छालाले मुण्डलाई जहिले पनि छोपिराख्दा सरसफाइ अभावमा संक्रमण तथा अन्य गम्भीर अवस्था आउन पनि सक्छ । तसर्थ यस्तो समस्या भएमा साधारण शल्यक्रिया मार्फत यो समस्या समाधान गर्न सकिन्छ । जो अत्यन्त साधारण र जोखिमविहिन हुन्छ । साथै यसको खर्च पनि खासै लाग्दैन । डा राजेन्द्र भद्राको सुझाव

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ६ : २५ बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल