फर्निचर उद्योगबाटै गैरकानुनी रुपमा काठको कारोबार, साढे ३ सय क्युबिक फिट काठ बरामद | Khabarhub Khabarhub

फर्निचर उद्योगबाटै गैरकानुनी रुपमा काठको कारोबार, साढे ३ सय क्युबिक फिट काठ बरामद


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– गैरकानुनी रुपमा काठको कारोबार भएको पाइएपछि प्रहरीले कञ्चनपुरस्थित एक फर्निचर उद्योगबाट काठ बरामद गरेको छ ।

प्रहरीका अनुसार गैरकानुनी रुपमा फर्निचर उद्योगमा काठको कारोबार हुने गरेको सूचनाका आधारमा भीमदत्त नगरपालिका–१० को फर्निचर उद्योगबाट काठ बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी अमरबहादुर थापाका अनुसार रमेश भट्टले सञ्चालन गरिरहेको फर्निचर उद्योगबाट मंगलबार ३४०.४१ क्युबिक फिट आँप, टुडी, मसाला र सिसम जातको काठ बरामद गरिएको हो ।

काठसहित सञ्चालक भट्टलाई प्रहरीले डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाइएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  २ : ५८ बजे

अवैध रूपमा अमेरिकी प्रविधि निर्यात गर्ने दुई चिनियाँविरुद्ध मुद्दा दायर

वासिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको न्याय विभागले संयुक्त राज्य अमेरिकाको

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै