दोधारा चाँदनीको सुन्दरनगरमा एसएसबीको अवरोध हट्यो « Khabarhub

दोधारा चाँदनीको सुन्दरनगरमा एसएसबीको अवरोध हट्यो


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– दोधारा चाँदनी नगरपालिकाको सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीयबीच बढेको विवाद तत्कालका लागि समाधान गरिएको छ । दुबै देशको सीमावर्ती जिल्लाका प्रशासनिक र सुरक्षा अधिकारीहरुको संयुक्त छलफलबाट बुधबार विवाद समाधान गरिएको हो ।

भारतीय एसएसबीले सुन्दरनगरस्थित नारायण अधिकारीलाई बेसार खेती लगाउन नदिएपछि स्थानीयसित विवाद बढेको थियो । विवाद बढेपछि सीमावर्ती क्षेत्रमा तनाव उत्पन्न हुने चिन्ता बढेको थियो । सीमामा तनाव बढेपछि सुरक्षा अधिकारीले भारतीय एसएसबीसित छलफलका लागि पहल गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर ऐर र एसएसबीका अधिकारीले सुन्दरनगरमा छलफल गरी विवाद हल गरेका हुन् । बैठकमा दोधारा चाँदनी नगरपालिकाका प्रमुख बीरबहादुर सुनारसहित जनप्रतिनिधि पनि सहभागी थिए । छलफलमा एसएसबीले तत्काल अधिकारी परिवारलाई बेसार लगाउन अवरोध नगर्ने सहमति गरेको छ । दुई पक्षबीच सहमति भएपछि विवाद तत्कालका लागि टरेको छ ।

एसएसबीले अधिकारी परिवारले बेसार खेती लगाउँदै आएको क्षेत्र दशगजा क्षेत्रमा पर्ने दाबी गरेको छ । अधिकारी परिवारले भने जग्गाधनी पूर्जा भएर खेतीपाती गर्दै आएको बताएको छ । गत वर्ष सीमा क्षेत्रमा रहेका दुबै देशका नागरिकलाई दशजगा क्षेत्र छाडेर खेती गर्न दिने सहमति भएपनि भारतीय एसएसबीले सिँधै नेपालीको खेतमा आएर अवरोध गर्ने कार्य गर्दै आएको छ ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट दोधारा चाँदनीका सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर बोहराले दुई देशीय छलफलमा एसएसबीले तत्काल बेसार खेती लगाउन दिन सहमत भएको बताए । यसअघि पनि एसएसबीले अधिकारी परिवारलाई खेतीपाती गर्न अवरोध गरेको थियो । दुई वर्षअघि सुन्दरनगरमा दशगजाको बाटो प्रयोगसम्बन्धी विवादलाई दिएर तनव उत्पन्न भएको थियो ।

यसैगरी, भीमदत्त नगरपालिका—९ ब्रम्हेदमा निर्माण भइरहेको बाह्य चक्रपथस्थित कल्र्भट निर्माण र बेलौरी नगरपालिकाको भुडामा हुलाकी राजमार्गमा कालोपत्रे गर्ने कार्यमा समेत भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गर्दै आएको छ । –रासस

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ७ : ३८ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्