प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट सहभागी तीन मन्त्रीले लिए शपथ « Khabarhub

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट सहभागी तीन मन्त्रीले लिए शपथ

भागबण्डा नमिल्दा माओवादी केन्द्र सहभागी भएन


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– प्रदेश नम्बर २ सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका ३ जना मन्त्री थप गर्दै मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख राजेश अहिराजसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख अहिराजले नवनियुक्त मन्त्रीहरुलाई ईश्वरको नाममा सपथ खुवाउदा उनीहरुले जनताको नाममा शपथ लिएका थिए । मुख्यमन्त्री राउत र काँग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच भएको सहमति अनुसार कांग्रेका तीन जना मन्त्री सरकारमा सहभागी भएका हुन् ।

कांग्रेसबाट यादवको नेतृत्वमा, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह मन्त्री बनेका छन् ।

कांग्रेस संसदीय दलका नेता समेत रहेका यादव भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । यसैगरी शर्माले खानेपानी तथा सिँचाई र सिंहले महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी पाएका छन् ।

यता माओवादी केन्द्र भने भागबण्डा नमिलेपछि सरकारमा सहभागी भएन । माओवादीले २ मन्त्रालय मागेकोमा जसपाले अन्तिम समयमा १ मन्त्रालय मात्रै दिन सकिने बताएपछि रुष्ट भएको हो ।

माओवादी केन्द्रका सांसद जगत यादवले सामाजिक सञ्जालमार्फत पार्टी सरकारमा सहभागी नहुने जानकारी गराएका हुन्।

जसपाका उपेन्द्र यादव र राउत पक्षले सरकारबाट ठाकुर–महतो पक्षका चार मन्त्री पदमुक्त गरेपछि कांग्रेसलाई सरकारमा सहभागी गराइएको हो ।

यस्तो छ पत्र

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  १० : ०७ बजे

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक

हुम्लामा भरूवा बन्दुकसहित एक जना पक्राउ

हुम्ला – जिल्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना

जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग

बर्लिन – जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले आइतबार इरानका समकक्षी अब्बास

१५ हजार करोड भन्दा बढीमा बिक्यो राजस्थान रोयल्स

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको चर्चित फ्रेन्चाइजी राजस्थान