भारतमा ३४ हजार कोरोना संक्रमित थपिए, ४७० जनाको मृ‌त्यु « Khabarhub

भारतमा ३४ हजार कोरोना संक्रमित थपिए, ४७० जनाको मृ‌त्यु


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दो दरमा देखिएको छ । विहीबार बढेको दर आज फेरि केही घटेको छ ।

विहीबार ४५ हजार ८९२ जना नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा ३४ हजार ४४३ जनामा कोरोना पुष्टि भएको छ ।

यसअघि बुधबार नयाँ सङ्क्रमितको सङ्ख्या ४३ हजार ७३३ रहेको थियो ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या ४ लाख ६५ हजार ६३६ रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४७० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण कुल मृतकको सङ्ख्या ४ लाख ५ हजार ५२७ पुगेको छ ।

कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म भारतमा २ करोड ९८ लाख ७१ हजार बढीले कोरोना जितेका छन् । ती मध्ये ३५ हजार ३८५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन ।

हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ३ करोड ७ लाख ४३ हजार नाघेको छ ।

 

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ६ : ५५ बजे

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट