राष्ट्रिय प्रसारण लाइन पुगेपछि कैलासवासी खुशी « Khabarhub

राष्ट्रिय प्रसारण लाइन पुगेपछि कैलासवासी खुशी


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ–साँझमा धिपधिप बल्ने सोलार बत्ती । कहिलेकाहीँ बदली हुँदा सोलार नबलेपछि फुफु गर्दै झरो बाल्नुपर्ने बाध्यता । साँझ पर्न नपाउँदै चकम्मन्न बन्ने गाउँ ।

सुनसान, एकान्त अनकन्टार । न त बालबालिकाले उज्यालोमा पढ्न पाउँछन्, न त गृहिणीले उज्यालोमा घरधन्दा नै गर्न पाउँछन् । यसरी नै कैयौँ पुस्ताले जीवन बिताएको पिमी गाउँ भनेर चिनिने कैलाशका ३५० घुरधुरीमा अहिले केन्द्रीय प्रशारणबाट विद्युतीकरण भएको छ ।

जयपृथ्वी नगरपालिकाको दुर्गम गाँउमा बिजुली पुगेपछि स्थानीयवासी खुशी भएका छन् । नगरपालिका भएको भए पनि वर्षौंदेखि झरो र सोलार बालेर दैनिकी चलाउँदै आएका वडा नं १ कैलाश गाउँका प्रत्येक घरमा बिजुली बलेपछि उनीहरू खुशी भएका हुन् ।

जयपृथ्वी नगरपालिका–१, कैलाशका रवीन्द्र विकले गाउँघरमा बिजुली पुग्दा नयाँ युगमा प्रवेश गरेको अनुभूति भएको बताए । विकले भने, ‘गाउँमा बत्ती नभएर मोबाइल चार्ज नहुँदा सम्पर्कविहीन हुनुपथ्र्यो, अब त्यो समस्या हटेको छ । अहिले घरघरमा बिजुली बल्दा दैनिक कामकाज गर्न निकै सजिलो भएको छ ।’

बल्लतल्ल सडक पुर्याए पनि यहाँ केन्द्रीय प्रशारण लाइन पुग्न सकेको थिएन । नगरपालिकाका अरु वडाहरु र अन्य क्षेत्रमा बलेको बिजुली हेर्दै रात काट्ने यहाँका बासिन्दा आफ्नै गाउँघरमा बिजुली बल्न थालेपछि आफूलाई भाग्यमानी सम्झन्छन् । स्थानीयवासी ६२ वर्षीय केशवबहादुर सिंहले भने, ‘गाउँमा बिजुली बत्ती आउला र झलमल्ल उज्यालोमा बसौंला भन्ने आशाको त्यान्द्रो बनेको थियो । धेरैले हामीलाई आशा देखाउँथे, बत्ती वर्षौंसम्म आएन, हाम्रै पालामा बिजुली बालौंला भन्ने आशा पनि मर्न लागिसकेको थियो । आज गाउँमा बत्ती पुग्यो, साँच्चै खुशी लागेको छ ।’

प्रसारण लाइन गत वैशाखमै पुर्याएर जेठदेखि बाल्ने योजना भए पनि पोल गाड्न र तार तान्न ढिलाइ भएको वडाध्यक्ष गगनबहादुर सिंहले बताए । गाउँमा बिजुली पुगेपछि घरधन्दा गर्नेदेखि विद्यार्थीलाई अनलाइन कक्षा लेखपढ गर्न, रेडियो टेलिभिजन हेर्न र सुन्न तथा कम्प्युटर चलाउन सजिलो भएको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १२ : २५ बजे

निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो

काठमाडौं– प्रसिद्ध नेपाली पर्वतारोही मिङ्मा जीको नेतृत्वमा रहेको उद्धार टोलीले

रूस–युक्रेन द्वन्द्व : बालबालिकामाथिको आक्रमण रोक्न युनिसेफको आह्वान

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले रूस र युक्रेनमा

राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँ : महासचिव पोखरेल

दाङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकको विकास

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका गुनासा, समस्या तथा

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरुद्ध

काठमाडौं– सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण र