हुम्लामा प्रभावकारी बन्दै अनलाइन कक्षा « Khabarhub

हुम्लामा प्रभावकारी बन्दै अनलाइन कक्षा


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट–हुम्लाको सदरमुकाम सिमकोटस्थित कैलाश बोधि स्कुलले शुरु गरेको अनलाइन कक्षा प्रभावकारी देखिएको छ ।

लामो समयदेखि दोस्रो लहरका रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठनपाठन नियमित गर्न पहिलोपटक विद्यालयले अनलाइनबाट पठनपाठन सञ्चालन गर्ने गरेका हुन् ।

कोरोनाको कारण नयाँ शैक्षिक सत्र शुरु भए पनि पठनपाठन नभएको बेला वैकल्पिक माध्यम अनलाइनबाट कक्षा ५ देखि ८ सम्मको पढाइ शुरु गरिएको विद्यालयका प्रधानाध्यापक छवाङ लामाले बताए ।

विद्यालयले यही असार १५ गतेबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेपछि केही दिनयता अनलाइन कक्षाबाट नियमित पढाइ शुरु गरिएको बताइएको छ । ।

शुरुका दिनमा हरेक अनलाइन कक्षामा दुई÷तीन विद्यार्थी मात्र सहभागी भए पनि त्यो सङ्ख्या हाल १५ जनासम्म पुगेको छ । प्रधानाध्यापक लामाका अनुसार अनलाइनबाट अङ्ग्रेजी, नेपाली, गणित र विज्ञान विषय पठनपाठन भइरहेको छ ।

अनलाइन कक्षाको प्रभावकारिता बढ्दै गएको र इन्टरनेटले राम्रो काम गर्दै गएको खण्डमा सबै कक्षा सञ्चालन गर्ने सोच राखिएको उनले बताए ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १ : ५५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका