सरकारी गाडीभित्र अश्लिल क्रियाकलाप गर्ने तीनजना पक्राउ « Khabarhub

सरकारी गाडीभित्र अश्लिल क्रियाकलाप गर्ने तीनजना पक्राउ


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भक्तपुरको सूर्यविनायक नगरपालिका – ७ घ्याम्पे डाँडाको जंगलमा सरकारी गाडीभित्र अश्लिल क्रियाकलाप गरिरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री, गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला रहेको प्रहरीले जनाएको छ । कार्की र महिला गाडीभित्र अश्लिल गतिविधि गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश नम्बर ३–०१–००२ झ ५०५२ नम्बरको गाडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रहेको खुलेको छ । उनीहरुलाई पक्राउ गरेर सोधपुछ भइरहेको भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

उनीहरुविरुद्ध सार्वजनिक स्थानमा यौन क्रियाकलाप गर्न नहुने कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ । गाडी चालक खत्री मन्त्रालयकै कर्मचारी हुन् ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १ : ०९ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका