सरकारी गाडीभित्र अश्लिल क्रियाकलाप गर्ने तीनजना पक्राउ « Khabarhub

सरकारी गाडीभित्र अश्लिल क्रियाकलाप गर्ने तीनजना पक्राउ


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भक्तपुरको सूर्यविनायक नगरपालिका – ७ घ्याम्पे डाँडाको जंगलमा सरकारी गाडीभित्र अश्लिल क्रियाकलाप गरिरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री, गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला रहेको प्रहरीले जनाएको छ । कार्की र महिला गाडीभित्र अश्लिल गतिविधि गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश नम्बर ३–०१–००२ झ ५०५२ नम्बरको गाडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रहेको खुलेको छ । उनीहरुलाई पक्राउ गरेर सोधपुछ भइरहेको भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

उनीहरुविरुद्ध सार्वजनिक स्थानमा यौन क्रियाकलाप गर्न नहुने कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ । गाडी चालक खत्री मन्त्रालयकै कर्मचारी हुन् ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १ : ०९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै