विवादित विषयमा ‘अन्तिम टुंगो’ लगाउन एमाले कार्यदलको बैठक शुरू « Khabarhub

विवादित विषयमा ‘अन्तिम टुंगो’ लगाउन एमाले कार्यदलको बैठक शुरू


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक शुरू भएको छ ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक शुरू भएको हो । नेताहरू आन्तरिक छलफलमा व्यस्त भएकाले बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक केही घण्टा ढिला शुरू भएको हो ।

आजको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले तयार गरेको सहमतिको मस्यौदा प्रस्तुत गरिने बताइएको छ ।

पछिल्ला केही दिन यताको लगातारको बैठकमा छलफल ‘सकारात्मक’ भनिए पनि ठोस निष्कर्ष निस्किन सकेको छैन । कार्यदल सदस्यहरु विगत चार दिनदेखि निरन्तर छलफलमा जुटिरहेका छन् ।

अन्तिम निष्कर्ष निकाल्ने भन्दै सिंहदरबारमा बिहीबार (हिजो) कार्यदलको बैठक दुईपटक बसे पनि निष्कर्षविहीन बन्यो । पार्टी एकताका लागि गम्भीर छलफल भए पनि अझै कुनै सहमति हुन नसकेको कार्यदलकै सदस्यहरूले जनाएका छन् ।

अध्यक्ष ओली २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा पार्टी सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बन्ने स्थिति सिर्जना भएको हो ।

कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल, विष्णुप्रसाद रिमाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट डा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, विष्ट र रघुजी पन्त रहेका छन् ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १ : ४७ बजे

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा