दुवै डोज खोप लगाएकाले कतार प्रवेश गर्दा क्वारेन्टाइनमा बस्नु नपर्ने « Khabarhub

दुवै डोज खोप लगाएकाले कतार प्रवेश गर्दा क्वारेन्टाइनमा बस्नु नपर्ने


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कोरोनाविरुद्धको दुवै डोज खोप लगाएकाले कतार प्रवेश गर्दा क्वारेन्टाइनमा बस्न नपर्ने भएको छ ।

कोरोनाको उच्च जोखिम रहेका नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र फिलिपिन्सलगायत देशहरूबाट कतार प्रवेश गर्नेहरूका लागि अनिवार्य १० दिने क्वारेन्टाइन बस्नु पर्ने नियम छ । तर अब दुवै डोज खोप लगाएकाहरूले भने उक्त नियम पालना गर्नु नपर्ने भएको छ ।

कतारले हालसम्म फाइजर, मोर्डेना, जोन्सोन एन्ड जोन्सोन, एस्ट्राजेनिकाको खोपलाई मान्यता प्रदान गरेको छ भने सिनोफर्म, भेरासेल, कोभिशिल्ड खोपलाई प्रयोगका लागि अनुमति दिएको छैन । यद्यपी कोरोनाविरुद्धको जुन कुनै खोपको दुवै डोज लगाएका व्यक्तिले कतार प्रवेशपछि क्वारेन्टाइन भने बस्नु पर्दैन ।

नेपाललाई कतारले हालसम्म पनि रेड जोनको सूचीमै राखेको हुनाले अन्य ग्रीन जोनमा भएको मुलुकबाट कतार प्रवेश गर्न चाहेमा सोही मुलुकमा १० दिन क्वारेन्टाइन बसेर आए मात्र कतार प्रवेशको अनुमति दिइने बताइएको छ ।

यद्यपि कतार आउँदा ७२ घन्टा अगाडिको पीसीआर रिपोर्ट भने अनिवार्य गरिएको छ । नेपालबाट कतार आउन १२ घण्टा अगाडि एह्तेराज डट क्युएमा गएर आफ्नो यात्रा रजिस्टर गर्न गर्नुपर्ने कतारका नेपाली समुदायका आग्रज तथा प्रोफेसर मोहम्मद रामजान अली मियाले जानकारी दिएका छन् ।

भिजिट भिसा, पर्यटक र फेमेली प्रवेश भिसा पनि पुनः शुरू

कतारको आन्तरिक मन्त्रालयले सोमबार अर्थात जुलाई १२ तारिखदेखि लागू हुने गरी भिजिट भिसा, पर्यटक र फेमेली प्रवेश भिसा पनि पुनः शुरू गर्ने घोषणा गरेको छ ।

मन्त्रालयले एक विज्ञप्तिमा जारी गर्दै यात्रा र कतार प्रवेशका लागि नयाँ नीतिहरूको खाँका र कोरोना भाइरसको घटनाक्रम सम्बन्धी स्वास्थ्य मन्त्रालयको सिफारिसको आधारमा भिजिट भिसा, पर्यटक र फेमेली भिसा पुनः शुरू गर्ने निर्णय गरिएको जनाएको छ ।

मन्त्रालयले सम्बन्धित अधिकारीहरूलाई पर्यटक र फेमेली प्रवेश भिसा पुनः शुरू गर्नु अघि आवश्यक प्रक्रियाहरूको पालना गर्न समेत अपिल गरेको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ३ : ०२ बजे

महेश बाबुको ‘वाराणसी’मा देखियो रुद्रको रहस्यमय रूप, जन्मदिनमै राजामौलीको ठूलो सरप्राइज !

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार महेश बाबुको ५१औँ जन्मदिन यसपटक उनका

अस्पतालको भवन तयार : उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल

बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्ताको सय दिन पार गरेसँगै आफ्नो

अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक !

काठमाडौं – ‘कन्टेन्टमा दम’ भएका फिल्मको प्रचार दर्शकले नै गरिदिन्छन्

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान