सरोकार नभएकाले दल दर्ता खारेजीको माग गर्नु हास्यस्पद : माओवादी केन्द्र « Khabarhub

सरोकार नभएकाले दल दर्ता खारेजीको माग गर्नु हास्यस्पद : माओवादी केन्द्र


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) ले दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा दर्ता भएको निवेदनलाई हास्यास्पद भनेको छ ।

पार्टी छोडेर एमालेका लागेका पूर्व माओवादी नेताहरूले माओवादी केन्द्र पार्टी अवैधानिक रहेको दाबी गर्दै दल दर्ता खारेजीको मागसहित आयोगमा निवेदन दिएका छन् । माओवादी केन्द्रले आज विज्ञप्ति जारी गर्दै उक्त निवेदन आयोगमा दर्ता भएको प्रति आपत्ति जनाएको हो ।

केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्तिले आयोगमा निवेदन दिएको र दल दर्ता र दल खारेजीसम्बन्धी सामान्य कानूनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले यस्तो हरकत गर्नु हास्यास्पद देखिन्छ ।’

केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनशायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको माओवादी केन्द्रको दाबी छ ।

संविधान, कानून, विधि, विधानविपरीत दुष्प्रचार गरिएको भन्दै माओवादी केन्द्रले नेता कार्यकर्ता तथा शुभचिन्तकलाई भ्रममा नपर्न आग्रह गरेको छ ।

माओवादी केन्द्रले अनधिकृत तथा आयोगसँग बेसरोकार राख्ने निवदेन स्वीकार नगर्न पनि निर्वाचन अयोगलाई आग्रह गरेको छ।

‘हाम्रो पार्टी त्यस्तो कुनियतको दुष्प्रचारलाई खारेज गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस प्रकारका अनधिकृत तथा आयोगसँग बेसरोकार निवेदन दर्ता स्वीकृत गर्दा अनावश्यक भ्रम सिर्जना हुने भएकोले आइन्दा त्यसो नगरियोस् भन्ने आग्रह समेत गर्दछौं ।’

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ३ : ४२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका