ट्रमा सेन्टरले खेलाडीको उपचारमा सहयोग गर्ने | Khabarhub Khabarhub

ट्रमा सेन्टरले खेलाडीको उपचारमा सहयोग गर्ने


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य उपचारका लागि राष्ट्रिय खेलकुद परिषद् राखेप र ट्रमा सेन्टरबीच सम्झौता भएको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित राखेप परिसरमा भएको एक कार्यक्रमकाबीच राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र ट्रमा सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. सन्तोष पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य उपचार गर्दा ट्रमा सेन्टरले सहयोग गर्ने छ । सम्झौतामा उल्लेख भए अनुसार ट्रमा सेन्टरले खेलाडीहरुलाई २४ घण्टा ईमरजेन्सी सेवा उपलब्ध गराउने छ भने रक्त सञ्चार सेवा, फार्मेशी सेवा, रेडियोलोजी, प्याथोलोजी शल्यक्रिया, अर्थोपेडिक तथा ट्रम सर्जरीमा पनि सहयोग गर्ने छ ।

यसैगरी न्यूरो सर्जरी, ईएनटी, सघन उपचार कक्ष लगायतका सेवामा खेलाडीहरुले सहुलियत पाउने राखेप सदस्य सचिव सिलवालले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु, प्रशिक्षक र कर्मचारीको स्वास्थ्य बीमा र बीमा बाहिरको उपचार राखेपले गर्ने उनले बताए ।

उनले सम्झौता अघि पनि वीर अस्पताल र ट्रमा सेन्टरसँग सहकार्य गरेको जानकारी दिए । सम्झौता कार्यक्रममा ट्रमा सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट पौडेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य उपचारका लागि सबै प्रकारको सेवा दिइने जानकारी दिए ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ४ : ०० बजे

अरूण-३ आयोजनामा थप ७ रोपनी ५ आना जग्गा अधिग्रहण गरिँदै

काठमाडौं – निर्माणाधीन ९०० मेगावाट क्षमताको अरूण-३ आयोजनालाई आवश्यक थप

राष्ट्र सङ्घलाई सबल बनाउन नेपालको पूर्ण सहयोग : उपप्रधानमन्त्री यादव

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राष्ट्रसङ्घ सबल

श्रम नै जीवन र पूजा हो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन

टेम्पो चालक विष्णुको आत्मगौरव– ‘सन्तानलाई संस्कार दिएँ, उनीहरूले सन्तोष दिए’

पतिको देहावसानपछि एक छोरा र एक छोरीको जिम्मेवारी सम्हालेकी विष्णु

इलाममा पराजित रास्वपाका मिलनले साग पसल खोल्ने

काठमाडौं– इलाम–२ मा भएको उपनिर्वाचनमा पराजित भएका राष्ट्रिय स्वतन्त्र पार्टी