ट्रमा सेन्टरले खेलाडीको उपचारमा सहयोग गर्ने « Khabarhub

ट्रमा सेन्टरले खेलाडीको उपचारमा सहयोग गर्ने


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य उपचारका लागि राष्ट्रिय खेलकुद परिषद् राखेप र ट्रमा सेन्टरबीच सम्झौता भएको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित राखेप परिसरमा भएको एक कार्यक्रमकाबीच राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र ट्रमा सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. सन्तोष पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य उपचार गर्दा ट्रमा सेन्टरले सहयोग गर्ने छ । सम्झौतामा उल्लेख भए अनुसार ट्रमा सेन्टरले खेलाडीहरुलाई २४ घण्टा ईमरजेन्सी सेवा उपलब्ध गराउने छ भने रक्त सञ्चार सेवा, फार्मेशी सेवा, रेडियोलोजी, प्याथोलोजी शल्यक्रिया, अर्थोपेडिक तथा ट्रम सर्जरीमा पनि सहयोग गर्ने छ ।

यसैगरी न्यूरो सर्जरी, ईएनटी, सघन उपचार कक्ष लगायतका सेवामा खेलाडीहरुले सहुलियत पाउने राखेप सदस्य सचिव सिलवालले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु, प्रशिक्षक र कर्मचारीको स्वास्थ्य बीमा र बीमा बाहिरको उपचार राखेपले गर्ने उनले बताए ।

उनले सम्झौता अघि पनि वीर अस्पताल र ट्रमा सेन्टरसँग सहकार्य गरेको जानकारी दिए । सम्झौता कार्यक्रममा ट्रमा सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट पौडेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य उपचारका लागि सबै प्रकारको सेवा दिइने जानकारी दिए ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ४ : ०० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका