निषेधाज्ञामा पनि बजार अनुगमन प्रभावकारी रुपमा भइरहेको छ : प्रजिअ पराजुली « Khabarhub

निषेधाज्ञामा पनि बजार अनुगमन प्रभावकारी रुपमा भइरहेको छ : प्रजिअ पराजुली


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञाका क्रममा पनि बजार अनुगमन प्रभावकारी रुपमा भएको दाबी गरेका छन् ।

संचार केन्द्र नेपालले शुक्रबार काठमाडौँमा गरेको बजार अनुगमनको अवस्था र सुशासन विषयक अन्तरक्रियामा पराजुलीले निषेधाज्ञाका क्रममा पनि बजार अनुगमन भएको र कारबाही पनि गरिएको बताए । उनले बजार अनुगमनमा कसैको दवाव र प्रभाव नपरेको बताए । स्वास्थ्य मापदण्डका साथ खोजिएका बजारमा पनि निरन्तर अनुगमन गरेको उनले बताए । उनले कालाबजारी गर्नेलाई कडा कारवाही गर्ने स्पष्ट पारे ।

त्यस्तै आपूर्ति तथा उपभोक्ता हकहित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले सीमित स्रोत र साधनको बाबजुत पनि विभागले निरन्तर अनुगमन गरिरहेको बताए । चाडपर्वमा अलि बढी अनुगमन गरेको देखिएपनि विभाग अन्य समयमा पनि सक्रिय रहेको र उपभोक्ताको अधिकार स्थापित गर्न गम्भीर रहेको धारणा राखे ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले कालाबजारीलाई प्रशासनले संरक्षण गरेसम्म कालाबजारी नरोकिने बताए ।

उनले बजार अनुगमनको अधिकार स्थानीय तहलाई दिँदा अनुगमनको प्रभाव कम हुने जिकिर गरे ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ५ : ५६ बजे

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर