यस्तो छ मिर्गी रोगबाट बच्ने घरेलु उपचार विधि | Khabarhub Khabarhub

 यस्तो छ मिर्गी रोगबाट बच्ने घरेलु उपचार विधि


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

१. बेहोसी अवस्थामा बिरामी अचेतन अवस्थामा हुन्छ । यसको चेतना गुमेको हुन्छ । यस्तो अवस्थामा रायोलाई पिसेर रोगीलाई सुँघाइदिनाले बेहोशी टाढा हुन्छ ।

२. तुलसीको पातको रसमा थोरै सेतो नुन मिलाई १/१ थोपा नाकमा हाल्नुका साथै तुलसीको पातलाई पिसेर शरीरमा लगाउनाले बेहोशीको समस्या हट्दछ ।

३. तुलसीको पातका साथै कपुर नाकमा सुँघाउनाले बेहोशीको समस्या हट्छ ।

४. बदाम, खरबुजा, मिश्री, घ्यू सबैलाई मिलाई दूधमा पकाई रोगीलाई खान दिएमा बेहोशीपन निको हुन्छ ।

५. १ ग्राम कालो मरिचलाई महमा मिलाई १ महिनासम्म चाट्नाले यो रोग निको हुन्छ ।

६. पिपरामुल, ल्वाङ, जाइफल, कालो मरिच आदि सबैलाई पिसेर छान्नुहोस् र हरेक दिन करिब ३ महिनासम्म ३ ग्राम महको साथ बिहान–बेलुका खानाले यो रोग निको हुन्छ ।

७. ३ ग्राम रायो वा सरस्यूँलाई गाईको पिसावमा मिलाई टाउकोमा लेप लगाउनाले यो रोग निको हुन्छ ।

८. १० ग्राम हिङलाई कपडामा बाँधी घाँटीमा राख्नाले मिर्गी रोग ठीक हुन्छ ।

९. एउटा प्याजलाई पिसेर सुँघाउनाले बेहोशी निको हुन्छ ।

१०. गोरखामुण्डी धुलो कागतीसँग चाट्नाले मिर्गी रोगीलाई आराम मिल्छ ।

११. ब्राह्मी, शङ्खपुष्पी, साँठी तथा तुलसीको धुलो महसँग खानु लाभदायक मानिन्छ ।

१२. ३० ग्राम तिल्ली र ९० गम लसुन मिलाई खानाले रोग निको हुन्छ ।

१३. मिर्गी रोगको समयमा अम्बाको पात उमालेर पिउनाले रोग कम हुन्छ ।

साभार : ‘मेरा डाक्टर’ बाट

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ५ : ४२ बजे

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम