कसरी बनाउने मकैको भुक्के रोटी ? « Khabarhub

कसरी बनाउने मकैको भुक्के रोटी ?


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री (चार जनाको लागि)

मकैको पिठो — १ के.जी.

लसुन — १ पोटी पिसेको

अदुवा — १० ग्राम (पिसेको)

जिराको धूलो — आधा चम्चा (सानो चम्चाको)

बनाउने विधि :

सबै मसला र नुन राखेर फुकै पिठो राम्ररी मोल्ने ।

सुख्खा रोटी बेल्ने जस्तै तर नरम बनाउने र आधा घण्टा छोपेर राख्ने ।

केराको पातमा घिउ दल्ने र मुछेको पिठोलाई चारवटा बराबरीको डल्ला बनाउने ।

पातमा पिठो राखेर एक इन्च मोटाई बनाई फिजाउने र माथिबाट पातैले छोपिदिने ।

चुल्होमा तावा बसाउने, रोटी राखेर सानो आँच बनाई माथिबाट मिल्ने गरी पिलेटले छोपिदिने । पाँच मिनेट पाकेपछि फर्काउने र पाँचै मिनेट पाकेपछि छेउबाट हेर्ने ।

पाकेको भए झिकिदिने । यो स्वास्थ्यको लागि ज्यादै हल्का र पौष्टिक हुन्छ । यसमा पुदिनाको ताजा अचारसँग खाँदा स्वादिष्ट बन्दछ । यो डायविटिज र अन्य विभिन्न विरामीको लागि ज्यादै उत्तम खाना हो । विरामीलाई खुर्सानी नराखि बनाउनु पर्दछ । केराको पात नभएमा सालको पातमा पनि बनाउन सकिन्छ ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ३ : ४६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका