अमेरिकाले कोरोनाविरुद्धको १५ लाख डोज खोप नेपाल पठाउँदै « Khabarhub

अमेरिकाले कोरोनाविरुद्धको १५ लाख डोज खोप नेपाल पठाउँदै


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिका सरकारले नेपाललाई कोरोनाविरुद्धको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराउने भएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार सो परिमाणको खोप आज (शुक्रबार) नेपाल पठाउँदै छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्तालाई उद्धृत गर्दै रोयर्टसले जनाएअनुसार नेपालका साथै अमेरिकाले भुटानलाई पनि पाँच लाख डोज खोप उपलब्ध गराउने भएको छ ।

विपन्न र गरिब मुलुकलाई ८० मिलियन डोज खोप उपलब्ध गराउने राष्ट्रपति जो बाइडेनको घोषणा अनुसार नेपालले उक्त परिमाणमा खोप प्राप्त गर्न लागेको जनाइएको छ ।

अमेरिकाले एशियाली मुलुकहरू फिलिपिन्स, भेतनाम, इन्डोनेसिया, थाइल्याण्ड, लाओस, पपुवा न्यू गिनी र कम्बोडियालाई पनि कोरोना विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

नेपालमा सुरक्षितपूर्वक खोप पुर्‍याउन वैज्ञानिक समूह, कानूनी टीम र अधिकारीहरुले मिलेर काम गरिरहेको ह्वाइट हाउसका अधिकारीले बताएको रोयटर्सले जनाएको छ ।

अमेरिकाले खोप पठाउँदै गर्दा सरकारी अधिकारीहरूले भने यसबारे पूर्ण जानकारी प्राप्त नभएको बताएका छन् । स्वास्थ्य मन्त्रालयका अधिकारीले खोप आउने मिति भने यकिन नभएको बताए ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ६ : ३५ बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको