अमेरिकाले कोरोनाविरुद्धको १५ लाख डोज खोप नेपाल पठाउँदै | Khabarhub Khabarhub

अमेरिकाले कोरोनाविरुद्धको १५ लाख डोज खोप नेपाल पठाउँदै


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिका सरकारले नेपाललाई कोरोनाविरुद्धको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराउने भएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार सो परिमाणको खोप आज (शुक्रबार) नेपाल पठाउँदै छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्तालाई उद्धृत गर्दै रोयर्टसले जनाएअनुसार नेपालका साथै अमेरिकाले भुटानलाई पनि पाँच लाख डोज खोप उपलब्ध गराउने भएको छ ।

विपन्न र गरिब मुलुकलाई ८० मिलियन डोज खोप उपलब्ध गराउने राष्ट्रपति जो बाइडेनको घोषणा अनुसार नेपालले उक्त परिमाणमा खोप प्राप्त गर्न लागेको जनाइएको छ ।

अमेरिकाले एशियाली मुलुकहरू फिलिपिन्स, भेतनाम, इन्डोनेसिया, थाइल्याण्ड, लाओस, पपुवा न्यू गिनी र कम्बोडियालाई पनि कोरोना विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

नेपालमा सुरक्षितपूर्वक खोप पुर्‍याउन वैज्ञानिक समूह, कानूनी टीम र अधिकारीहरुले मिलेर काम गरिरहेको ह्वाइट हाउसका अधिकारीले बताएको रोयटर्सले जनाएको छ ।

अमेरिकाले खोप पठाउँदै गर्दा सरकारी अधिकारीहरूले भने यसबारे पूर्ण जानकारी प्राप्त नभएको बताएका छन् । स्वास्थ्य मन्त्रालयका अधिकारीले खोप आउने मिति भने यकिन नभएको बताए ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ६ : ३५ बजे

सर्पको टोकाइबाट बालकको मृत्यु

दमक– सर्पको डसाइबाट झापाको शिवसताक्षीमा एक बालकको मृत्यु भएको छ

‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रंकलाइन प्रयोग गरेर त्यसबापतको

पौवादुङमाको तिवारीभञ्याङ–च्याङ्ग्रे सडक कालोपत्र

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना अन्तरगत तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि

काँकडभिट्टाबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात

भद्रपुर – चालु आर्थिक वर्ष २०८२-०८३ को पहिलो त्रैमासिकमा पूर्वी

फेसबुकेसँग सल्लाह लिएर औषधि किन्छन् बिरामी, जथाभावी एन्टिबायोटिक प्रयोगले गम्भीर असर

विराटनगर– विराटनगरकी सरिता कार्कीले केही दिनअघि आठ वर्षीय छोरालाई सामान्य