५३ जिल्लाको कांग्रेस क्रियाशील सदस्यता विवाद टुङ्गियो « Khabarhub

५३ जिल्लाको कांग्रेस क्रियाशील सदस्यता विवाद टुङ्गियो


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसको ५३ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्गो लागेको छ ।

काँग्रेसको आगामी भदौ १६ देखि १९ सम्म हुने १४ औँ केन्द्रीय महाधिवेशनका लागि प्रारम्भिक मतदाताका रुपमा रहेको क्रियाशील सदस्यता ती जिल्लाको ९० निर्वाचन क्षेत्रको टुङ्गो लागेको हो ।

७७ जिल्लाको १६५ निर्वाचन क्षेत्रबाट आठ लाख ५० हजार क्रियाशील सदस्यताको नामावली दर्ता भइसकेको पार्टीले जनाएको छ । पार्टीद्वारा गठित क्रियाशील सदस्यता छानविन समितिले विवाद टुङ्गो लगाउने तीब्र गतिमा काम गरिरहेको छ ।

समितिका प्रवक्ता एवम् पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले क्रियाशील सदस्यता विवाद रहेका देशभरका ५०० वडामध्ये ३०० वडाको विवाद टुङ्गो लागेको जानकारी दिए ।

पार्टीको क्रियाशील सदस्यता छानविन समितिले द्रुत गतिमा काम गरिरहेकाले यही असार मसान्तभित्र सबै क्रियाशील सदस्यता विवाद टुङ्गो लगाइने समितिका प्रवक्ता पौडेलले बताए ।

काँग्रेसले पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पौडेल, आनन्द ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेको छानविन समिति गठन गरेको थियो ।

काँग्रेसको १४ औँ महाधिवेशनका लागि अगामी साउन १२ मा वडा समितिको अधिवेशन, साउन १६ मा गाउँ नगर समितिको अधिवेशन, साउन २० मा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन, साउन २३ मा प्रतिनिधीसभा क्षेत्रीय अधिवेशन, साउन २६ मा एकभन्दा बढी निर्वाचन क्षेत्र हुने जिल्लाको अधिवेशनको मिति तय गरिएको छ ।

यसैगरी आगामी भदौ १ र २ गते प्रदेश समितिको अधिवेशन र भदौ १६ देखि १९ सम्म राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १० : १५ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।