पार्टी एकताका लागि एमाले कार्यदलमा सहमति, भोलि अन्तिमरुप दिइने | Khabarhub Khabarhub

पार्टी एकताका लागि एमाले कार्यदलमा सहमति, भोलि अन्तिमरुप दिइने


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद निष्कर्ष उन्मुख भएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको विवाद समाधानका लागि गठित कार्यदलको बैठकले पार्टी एकताका लागि तयार गरेको मस्यौदामा सहमति जुटाएको हो ।

सहमति जुटेको मस्यौदालाई शनिबार अन्तिम रुप दिने नेताहरुले जनाएका छन् । बैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए ।

उनले भने, ‘आजको बैठकमा सौहार्द र सघन वार्ता भयो । पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेका छौँ ।’

सहमतिको दस्तावेजलाई अन्तिमरुप दिन भाषिक परिमार्जनका लागि भोलि फेरि बैठक बस्ने उनले जानकारी दिए ।

त्यस्तै एमाले नेता गोकर्ण बिष्टले लामो छलफलपछि धेरै विषयमा सहमति जुटेको बताए । उनले केही विषयमा शनिबार छलफल हुने बताए ।  उनले लगभग सहमतिमा पुगेको जानकारी दिए ।

कार्यदल सदस्य रघुजी पन्तले मस्यौदामा दुवै पक्षको सुझाव समेटेर छलफल भएको बताउँदै भोलि बस्ने बैठकले अन्तिम रुप दिने बताए । कार्यदलको दुवै पक्ष शुक्रबार मध्याह्नदेखि छलफलमा जुटेका थिए ।

कार्यदलको मस्यौदाले अन्तिम रुप पाएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसमक्ष पेश गरिनेछ । एमालेको विवाद समाधानका लागि कार्यदल विगत केही दिनदेखि निरन्तर छलफलमा जुट्दै आएको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ८ : २५ बजे

अस्ट्रेलिया र वेस्ट इन्डिज टेस्टमा बलर हाबी : एकै दिन १४ विकेट

ब्रिज टाउन – वेस्ट इन्डिज र अस्ट्रेलियाको पहिलो टेस्टमा बलर

विष्णुमती बगाएको कारबाट एक महिलाको उद्धार

काठमाडौं– काठमाडौंको विष्णुमती नदीले कारसहित बगाएकी एक महिलाको उद्धार गरिएको

जनकपुरमा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता

धनुषा– जनकपुरधाममा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु हुँदै छ

बाढीले बगाएर सवइञ्जिनियर रविन दाहालको मृत्यु

ललितपुर– ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको

भोक मार्ने ओखती उमार्ने असार

प्रिय न्यान्सी ! झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई