पार्टी एकताका लागि एमाले कार्यदलमा सहमति, भोलि अन्तिमरुप दिइने « Khabarhub

पार्टी एकताका लागि एमाले कार्यदलमा सहमति, भोलि अन्तिमरुप दिइने


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद निष्कर्ष उन्मुख भएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको विवाद समाधानका लागि गठित कार्यदलको बैठकले पार्टी एकताका लागि तयार गरेको मस्यौदामा सहमति जुटाएको हो ।

सहमति जुटेको मस्यौदालाई शनिबार अन्तिम रुप दिने नेताहरुले जनाएका छन् । बैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए ।

उनले भने, ‘आजको बैठकमा सौहार्द र सघन वार्ता भयो । पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेका छौँ ।’

सहमतिको दस्तावेजलाई अन्तिमरुप दिन भाषिक परिमार्जनका लागि भोलि फेरि बैठक बस्ने उनले जानकारी दिए ।

त्यस्तै एमाले नेता गोकर्ण बिष्टले लामो छलफलपछि धेरै विषयमा सहमति जुटेको बताए । उनले केही विषयमा शनिबार छलफल हुने बताए ।  उनले लगभग सहमतिमा पुगेको जानकारी दिए ।

कार्यदल सदस्य रघुजी पन्तले मस्यौदामा दुवै पक्षको सुझाव समेटेर छलफल भएको बताउँदै भोलि बस्ने बैठकले अन्तिम रुप दिने बताए । कार्यदलको दुवै पक्ष शुक्रबार मध्याह्नदेखि छलफलमा जुटेका थिए ।

कार्यदलको मस्यौदाले अन्तिम रुप पाएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसमक्ष पेश गरिनेछ । एमालेको विवाद समाधानका लागि कार्यदल विगत केही दिनदेखि निरन्तर छलफलमा जुट्दै आएको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ८ : २५ बजे

हर्मुजमा इरान–अमेरिका तनाव चर्कियो, तेलको मूल्य १०० डलरनजिक

एजेन्सी– इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।